तीन वर्ष मात्र पदमा बस्ने नवप्रवर्तन मन्त्री पुनको घोषणा
नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आफू तीन वर्ष मात्रै मन्त्री बस्ने र यसबीचमा युुद्धस्तरमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
मंगलबार राष्ट्रपति निवासमा शपथग्रहण गरेलगत्तै सिंहदरवारस्थित नवगठित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले सो प्रतिबद्धता जनाउनुभएको हो ।
मन्त्री पुनले आफू मन्त्री पदमा लामो समय नबस्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “म यो मन्त्रीको पदमा धेरै बस्दिन, सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष मात्रै बस्ने हो ।”
पदभार ग्रहण गर्दै मन्त्री पुनले सरकार पाँच वर्षको भए पनि आफू बढीमा तीन वर्ष मात्रै बस्ने भन्दै भन्नुभयो, “विज्ञान प्रविधिको काम सुस्त गतिमा हुँदैन, रातदिन काम गरेर अगाडि बढ्ने हो ।”
आफ्नो कार्यकालमा विज्ञान प्रविधिसम्बन्धी जग बसालेर नयाँ पुस्तालाई जिम्मेवारी दिने उहाँको भनाइ छ । मन्त्री पुन भन्नुभयो, “अरु मन्त्रालयको आआफ्नो नियम छ, मन्त्रालय र मन्त्री नयाँ भएको हुनाले शून्यबाट सुरु गर्नुपर्ने छ, नयाँ नियम बनाउनुपर्नेछ ।”




प्रतिक्रिया राख्नुहोस्