खुसी साट्ने र पीडा भुलाउने पर्ब : तिहार

15 November, 2020 12:51 | बिचार | comments | 33000 Views

चाडपर्व भनेपछी बर्षभरिमा आउने सबै पर्वहरू आ-आफ्नै महत्व र रमाईला बिशेषता अविस्मरणीयक्षणहरू हुन्छन् नै, जुन म संग पनि बाल्यकाल देखिनै हरेक बर्ष औला भाचेर दिन गरेर कुरिरहन मन लागेको सम्झना ताजै रहने बिशेष तिहार पर्व कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरू भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीका सम्म पाँच दिन मनाइन्छ । काग, कुकुर,गाई,लक्ष्मी, गोवर्धन र भाई पुजा ।

तिहार भनेपछी सबैभन्दा मन परेको क्षण आफुले लगाउने माला, टोपी, सेलरोटी खाने, घरमाथी चौरमा घुम्ते पिंङ खेलेको पनि याद छ दाईहरूले बनाएर पहिलो पटक खेल्दाको क्षण । खुव घुमाएपनि मन परेको थियो । साथै गाईगोरू माथि लगउने सेतो छापको संगै तोरनको पनि बिशेष सम्झना आउछ । तिहारको तयारी महिनौ अगाडीबाट आफुले लगाउने मालाको फुलहरू कस्तो रोप्नेहरूबाट सुरू गरीन्थ्यो। तिहार कहिले हो भन्दा हरेक बर्ष महिना बार गते फरक हुन्थ्यो। चाडहरू कैले आउछन भन्ने खुल्दुली त हुन्थ्यो नै तर मलाई तिहार मन पर्ने भएर होला दशै कहिले हो थाहा पाएपछीको २२ दिनमा तिहार आउछ भनेर औला गनेर जानकारी राखेको कुरा अझै सम्झना छ ।

हुनत हिन्दु धर्मावलम्बीहरूको लागि दशैं पछिको दोस्रो ठूलो चाड तिहार हो। दशैमा बिदा लामो हुने भएपनि मलाई भने रमणीय ५ दिन मानिने तिहार नै मज्जा लाग्थ्यो। काग तिहारमा कागलाई खाना खुवाएर पुजा गर्ने, कुकुर लाई टिका माला लगाएर खाना खुवाउने पनि अलिनै रमाईलो जस्तो मान्थे अरू काग, गाई, गोरू भन्दा हामी मान्छेसॅग कुकुर नजिक भएको जस्तो पनि भान हुन्थ्यो। कुकुरलाई खानेकुरा दिएपछी खुसीहुदै खाने त्यसपछी जहा देखेपनि पुच्छर हल्लाउदै आउने मान्छे र कुकुर वीचको सम्वन्ध सानै देखि अनौठो लागेको सम्झना आउछ।

  

बच्चामा नबुझीकन पशुपंक्षी संगै रमाउन पाईएकाले मन परेथ्यो । आजकल झन मन पर्छ । हाम्रो संस्कारमै प्रकृति, पशुपंक्षी, जनावार हरूलाई हार्दिकता व्यक्त गर्दै पुज्ने संस्कार । घरी घरी लाग्छ दशैको मार काट भन्दा तिहारको प्रकृति, पशुपंक्षी प्रेमी माहान चाडको प्रचार विश्वभरीनै गरौ । अझै पनि विश्व प्रकृति, पशुपंक्षी, जनावार,मानवता संरक्षण गर्नमा ढुलमुल भएको वेला किन हामीले यो मेसेज लिएर नजाने सम्म पनि सोच पक्कै मेरो मनमा आईरहन्छ । सानो मुख ठूलो कुरा हुन्छ भन्ठानेर मनभित्रै राखेको थिए ।आज मेरा अनुभव, सोच, बिचार खुला तरीकाले राख्न सकिने संकरणमा पहिलो पटक लेख्दैछु ।

एउटा कुरा जोडे है दशै बच्चामा मन नपरेको एउटै कारण थियो, काखामा राखेर राती-राती उठेर दुध पियाएर ( तिम्लिया थिए दुध नपुगेर) पालेको पाठो पछी खसी भयो । घास स्याउला खुवाएर हुर्काएको परीवार जस्तै माया बसेको लाई आफ्नै अगाडी काटेर खाएको देखेपछि रोएको याद आउछ । मासु त फेरी रूदै भएपनि खाऍ । तर दशै प्रतिको हार्दिकता भने घटेको थियो । पछि त बानी पर्दै गयो ।

लक्ष्मीपुजाको दिनमा मध्यराति तल मगर गाऊँवाट आउने माथि गुरूङ्ग गाऊँ बाट आउने भैलोटिमहरूको पनि खुब याद आऊँछ । हुनत अरू भैलो देउसी आउथे तर गुरूङ्ग मगरहरूको भैले देउसीमा राम्रो नाच्ने र मादलसंगै गाउने खुबै मनपर्थ्यो । नाङ्गलोमा चामल, दीयो, वरीपरी पैसा , फूल, सेलरोटी आमाले दिएको याद आउछ । पछी-पछी त आफै भैलो टिम बनाएर खेल्थेम । उठेको पैसा र चामल जम्मा गर्न दिन्थेम । समय मिलाएर तिहारमा उठेको चामल लिएर कहिले काहित ढिकुर छोपेर पिकनिक जाने पनि गर्थेम । एक पटक त मदन दाई, रमेश संगै मिलेर ढोकेसो थापेको त दुइटा ढिकुर पारेका थिएयौं । साथी भाईहरू मदन दाइ, बाबुराम, अभिराज, रमेस, जगन्नाथ (अरू साथीहरू पनि नाम लिईन) संगै बनभोज जान भने खुवै आनन्द आउथ्यो । ढिकुर पारेर, चित्रो छोपेर, माछा मारेर खाने, पौडी खेल्ने कुरामा राम्रै बानि परीसकेको थियो । बनभोजको सबै व्यवस्थापन भने हजुरआमा ( हामी सबैले कान्छी आमा भन्थेम ) कति जाति हुनुहुन्थ्यो धेरै कुरा सिकाउनु भयो झलझलि याद आउछ । उहा अहिलेत स्वर्गबास हुनु भयो । त्यतिखेरको बालपन सम्झदा छुट्टै आनन्द आउछ । तिहारमा बासको पुत्त्लाले कति राम्रो फिरफिरे बनाउथ्यौ । विचमा रातो लालुपाते राखेर बासको डुम्रोमा फिरफिरेमा लामो सिंकोले बनाई दौडीने । छिटो दौडीए आवाज पनि फरक हुन्थ्यो। हुन्थ्यो यस्ताकुराहरू सम्झदा त अझै बालपनमै छुकि जस्तो पनि लाग्छ, बच्चानै बनौ जस्तो लाग्छ । न लोभ न पिर न चिन्ता सबै चलेको थियो मायानै मायामा !!

बाबा र ठूलोबाबाको परीवारसंगै हामी सामुहिक परीवारमा बस्थ्यौ । ठूलो वावा तिर एक दाई हुनु हुन्थ्यो । हामिले सानै देखि दाजी भन्थ्यौं भने हामी तिर चार दाजुभाईबैनि थियौ । मेरो र दाईको उमेर अलि फरक भएपनि बैनि, भाई र म संग खासै फरक थिएन। त्यसैले होला दाई हामी सबैका लागि अलि अबिभाबक जस्तो हुनुहुन्थ्यो भने हामी भाई,बैनि, म साथी जस्तै थियौ। सम्झना आउछ सुरूमा तिहारमा बैनिले टिका लगाईदिदा पैसा दिने वेलामा मन कस्तो कस्तो हुन्थ्यो भने अलिकती आफै राखौ राखौ जस्तो हुनी पनि तर आमाले दिन तयार गरेको सबै दिन्थे । सानो भाई त झन दिदी लाई पैसा दिन मान्थेन देउ भन्दा रून्थ्यो पनि । भाई टीकामा किन भाईले पैसा दिने भनेर कुरा उठाएको पनि याद आउछ । यस्तै यस्तै थियो रमाईलो वालपन । बिशेस दाईले बैनिलाई असाध्यै माया गर्नु हुन्थ्यो। परीवारमा बाबाकै पाला देखि परीवारमा एउटी छोरी भएर पनि होला सबैकी प्यारी थिई बैनी । उमेर म संग २ बर्षको फरक भएपनि झगडा गरेको सम्झना भने छैन । मलाई पनि सानै देखि बैनिको खुब माया लाग्थ्यो । भाई बैनिलाई रोटी खाजा बनाएर खुवाएको याद छ । थोरै रोटी देउन भन्दा बैनिले पनि नदिने भाईले पनि नदिने गर्थे । त्यतिखेर केहि जस्तो पनि मानिन अर्को रोटी आफै वनाएर खान्थे। पछिपछि कहिलेकाही दाई, भाई, बैनिसंग पुरानो कुरा तिहारमा गर्दै मुरी मुरी हास्थ्यौं सबै, दाई पनि हास्नु हुन्थ्यो ।

चाड पर्वमा घरको तयारीमा मैले वढी आमालाई सहयोग गर्थे । दाई मैले सम्झेदेखि पढ्ने काममा गुरूहरू संगै बढी हुनुहुन्थ्यो, बिशेष गरी राम्जी सर, गोपाल सर, गुरूदाई संग । पछी ठूलो भएपछी थाहा भयो सानै देखि बिद्धार्थी राजनीति गर्नु हुदो रहेछ। यसै क्रममा हामी पनि ठूला हुदै गयौ । ठूलो बाबाको परीवार बाघमारा(बौमारा) सर्नु भयो भने हामी गाउमै थियौ। यध्यपी संयूक्य परीवारनै थियो । अहिले पनि सम्झना आउछ दशैमा टिका छोप्न बौमारा सम्म जानपर्थ्यो । तर तिहारमा भने दाजी ( ठूलो बाबाको छोरा ) माथी गाउघर जामुनावोटमै आउनु हुन्थ्यो । यस हिसाबले पनि चाड पर्वमा हतारिएर कतै नगई आफ्नै घरमा परीवारसंग मनाईने हुनाले तिहारमै आनन्द आउथ्यो । चिल्ला सेल रोटी र एकदम मन पर्ने अर्शा (अनारसा), झिलिंगा तर मिठो । तिन चार दिन जति नै खाईन्थ्यो । सेलाएका सेलरोटीहरू पोलेर खानुको मज्जा पनि भिन्नै थियो । त्यतिखेर तार्दा तार्दैको रोटी भन्दा भोलिपल्टको बासी रोटी अगेनोको अगोल्टोमा राखेर पोलेको रोटी मन पर्थ्यो । दाईलाई त झन मन पर्थ्यो ।अबत म पनि ७ कक्षा पास गरीसके । गाऊँ बाट पढ्नको लागी पोखरा बजारको स्कुलमा ८ कक्षाबाट ठुलिआमाको घरमा एक दाई तिन दिदीहरूसंगै बसेर बाराही स्कुल जान थाले । ठूलो बाबा (आमाको भिनाजु) त्यतिखेरका बामपन्थी आन्दोलनका गण्डकीकै कमान्न्डर हुनुहुन्थ्यो । उहा असाध्यै प्रकृतिप्रेमि तर कडा त्यागी माक्सवाद सिद्धान्तबादी हुनुहुन्छ अझैपनि । त्यसपछी अलिअलि बालपनको भन्दा फरक रहन सहन, सोच्ने तरीका फरक हुन थाल्यो । तर पनि तिहार चाड भनेपछी हुरूक्क हुने खुसि हुनेमात मेरो आनन्द एउटै थियो । नया-नया कपडा आफै रोजेर किनेर लगाउने छुट बाबा आमा बाट पाई सकेको थिए । सानै बाट अलि महङ्गो भएपनि राम्रो राम्रो किन्न मन पर्थ्यो बरु थोरै किन्थे मन नपरे नकिनी फर्किने बानी थियो । आजकल सम्झदा लाज लाग्छ ।

यता दाई पनि क्यामपस पढ्ने भईसक्नु भएको थियो। ९ कक्षा पढ्दा फेरीको जनवादी भैलोको खुब याद आउछ । मन मस्तिष्कमा यसको प्रभाव खुब परेको थियो । दाईकै पहलमा योजना बनाईएको भैलो थियो । मामा र भान्जी भएर जनवादी देउसी भैलो गाउने नाच्ने । दाईले भान्जीको रोलमा खेल्नुभएको थियो । मामा चाही हेमप्रसाद दाई हुनुहुन्थ्यो । लगभग रातभरी भोलिपल्ट दिनभरी खेले जस्तो लाग्छ । हामी भने आराम गर्दै जाने गर्थेम । तर दाईहरूले कसरी त्यति लामो समय सम्म गर्न सक्नु भएको होला जस्तो लाग्थ्यो । यसरी प्रत्येक चाडले, विषेस तिहारले हामी दाजु भाई बैनि बिचको सम्बन्धमा अत्यन्तै आत्मियता बढ्दै गएको जस्तो साच्चै भान हुन्थ्यो । दाईको माया हामीप्रति, हाम्रो सम्मान दाईप्रति । सायद एक पटक पनि दाईलाई जबाफ फर्काएको सम्झना छैन । हुदा हुदै झन धेरै बुझ्ने हुदै गयौं ।

एक पटक छ तिहारमा बैनि असाध्यै रोएको र हामी सबैले नियास्रो तिहार मनाएको । नेपालमा प्रजातन्त्रीक आन्दोलन गर्ने तयारीमा भित्रै भित्रै तयारी गर्दै थिए जस्तो लाग्छ । तर दाई पढ्ने पि एन क्याम्पसमा बिद्यार्थीको आन्दोलन चलेको थियो आन्दोलनको क्रममा आउन पाउनु भएन । तर पनि चाड पर्वमा छोटो समय भएपनि परीवारसंगै बस्नु पर्छ भन्ने दाईको चाहाना हुन्थ्यो । तर एक दिन बिद्यार्थी भुमिगत हुदापनि स्कुलमा पढाउनु हुन्थ्यो पनि । एक दिन मेरै बाराही स्कुल पोखरा मालेपाटनमा आउनु भयो कुराकानी गरेर मलाई १०० रूपया पनि दिनु भएको एकदम सम्झना आउछ । राम्रो पढ्नु है पनि भन्नु भएको थियो । समय बित्दै जादा पछी कक्षा दशमा पढ्दा त बहुदल आईसकेको थियो । ठुलैभई सके जस्तो लाग्थ्यो तर पनि पशुपंक्षी लाई पुजा गरेर खुवाउन पाउदा मनमा शान्ति हुन्थ्यो । धर्मप्रति आस्था त पटक्कै थिएन । पारीवारीक संस्कार र पशुपंशीको मायाले बढी रोचक तुल्याउथ्यो । बैनिले लगाईदिएको कानमा तेल, ढाका टोपी निधारमा टिका र माला लगाएर तास खेलेको हेर्न पनि जान्थेउ । हाम्रो बाबा र दाजी (ठूलोबाबाको छोरा) तास खेल्न मन पर्ने रात भरीपनि खेल्नुहुन्थ्यो तिहारमा । एक पटक दाजीले जितेर १०० रूपया दिएको याद आउछ । त्यतिखेर १०० रूपया ठूलो मानिन्थ्यो। कति हो कति खुसी नी म त । अनि झन्डीबुर्जा खेलिन्थ्यो पनि । यसमा भने हारीने जीतिने दुवै । तर म पैसा राखेर खेल्ने ग्याम्बल खासै मनपराउन्नथे र कहिल्लेपनि मन पराईन । अहिले सम्म तासमा ठूलो पैसा राखेर खेलिन, खै किन हो पहिल्यै देखि खेल्ने बानी थिएन । एकदम थोरै पैसा या विना पैसाले भने खेलेको याद आउछ।

अब त म पनि क्याम्पस पढ्ने भईसकेनी हजुर !। परीवार संगै मिलेर रमाउथ्यौं । भैलो खेल्ने, झण्डीबुर्जा खेल्न पनि हरायो । अबत साथी भाई संग बसेर तास खेल्ने भईसकिएको थियो विना पैसाको मनोरञ्जनको लागी । वरीपरी यस्तै समझदारीका साथी थियौ । यसो भन्दा बिष्णु दाईको याद आउछ तर तिहारमा भने कहिल्यै पनि संगै त भएनम् तर पनि ८ कक्षा देखी १० कक्षा सम्म सबैभन्दा बढी संगत थियो । यस्तै यस्तै सम्झदै सबै कुरा बिर्सिएर रमाईन सकिऱ्ने आनन्दको चाड तिहारमा रूची उस्तै थियो । जति ठूलो हुदै गयो उति पखेटा र सपना पनि ठूला हुदै जाने क्रममा कहाँ हो कहाँ सातसमुन्द्रपारी उढेर आईसकेको रहेछु । बास्तबमा चाड मनाउन नपाएको पिडा सजिलै ब्यक्त गर्न सकिने खालको भने त पक्कै छैन ।!

गुर्दौली फुल

डिसेम्बरमा त जापान आए । यो । घुमिफिरी अर्को साल तिहार फेरी आएको खबर जापान सम्म त आएकै थियो । नेपालमा हुदा दशै आएपछी २२ दिनपछी तिहार औला भाचेर गनिन्थ्यो । तर यहा बिदेशमा काम, स्कुल, परीवारले बिजी हुदा औलाले गन्ने फुर्सद त हन्थेन । तर याद भने बाल्यकाल देखि जापान आऊँदा सम्मको तिहारको याद खुव मनमा डुल्थ्यो । फोनमा आमा-बाबा दाई भाई बैनीसंग त कुरा हुन्थ्यो । बिदेशमा मेरो मन फोनमा रमाईलो कुरा गरेपनि फोन राखेपछी एक्लै बरबर आँशु लामो समय सम्म आउथ्यो । पछि बर्ष वित्दै गयो याद आएपनि मन बुझाउने तिर बढी ससक्त हुदै गएछु । यसै क्रममा भाई बैनि पनि जापान आए । नेपालमा बाबा आमा दाई भाउजु छोरा मात्रै हुनु भयो । परदेशमा हामीले दसै तिहार मनाउने अबसर त पाएयौं तर कहाँ नेपालको जस्तो हुनु र ?। कहाँ पाउनु बासको पातको फिर फिरे, लालुपाते, कहाँ देख्न पाउनु फुलैफुलको तोरन,कता सुन्ने देउसी भैलो । त्यो भन्दापनि ठुलो संस्कृति प्रतिको माया र रुचि थियो नी, किन जापानमा दसैमा तिहारमा बिदा पाईन्न भन्ने जस्ता ?! । यसले बारबार बिदेसीनुको पिडा बनेको भने पक्कै छ । उता दाईले पनि ३ बर्ष जति बहिनीको टिका लगाउन पाउनु भएन तर पछी बैनि पनि नेपाल फर्किई ।

यसरी समय बित्दै थियो । सबै आ-आफ्नो प्रोफेसनमा बिजी थियौ । चाड भनेर भेट्ने अवसर म संग कम हुन्थ्यो । भाई बैनि दाई भने नेपालमा परीवार संगै मनाउथे म भने फोनमा विस गर्थे । २०१८ सालमा मुस्किलले दशैमा त सबै परिवार नेपालमा जम्मा भएका थियौ । बाबा आमा दाई भाउजु सम्पूर्ण परीवार संगै हुने अबसर पाउदा गज्जवको सक्ति छ हाम्रो जाडहरूमा परीवारको आत्मियता राखी राख्न । र दाईले भन्नु भयो अव आउने तिहारमा जसरी पनि सबै संगै हुनु पर्छ भन्नु भयो । मैले हुन्छ भने । यता जापानमा पनि छोरा छेरी ठूला भैसकेका थिए । बिजनेस पनि केहि दिन जिम्मा दिएर चाडपर्वमा सम्मिलित हुनसक्ने स्थिति बल्ल बल्ल आउदै थियो । बिचमा २० बर्स भन्दा बढी संगै बस्न नपाएको नियास्रोपन अव हटाउन पाईने भयो भन्ने कति ठूलो खुसि मन मनै पालिरहेको थिए । चाड आउनु अगाबै सानो कामले जापान बाट छोरी सॅगै नेपाल आए । कुनै काम त थिएन तर सबै परीवार खुसी भयौ । त्यति खेर म पनि दाई संग बढी खुलेरै बोलेको थिए दाईपनि साथी जस्तै हुनु भएको । यसको मतलब दाई प्रतिको सम्मान खटेको थिएन बरू झन बढेको थियो पहिले भन्दा साथीभाई संगै बोलेजस्तै खुलेर गफ गरीयो संगै एकहप्ता जति डिनर संगै खाईयो पनि । धेरै कुरा दाईले र मैले एक आपसमा सेयर गर्यौं पनि । अव नेपाल आउनु पर्छ भन्नु भएको थियो । हुन्छ तनि भने । यतिकैमा दाई भोलिपल्ट जर्मन योजना म अघिल्लो दिनै बिदा भएर धनगडी तिर लागे ।

एक्कासी छांगो बाट खसे । साथी संगै एकरात चितवन बसेर भोलिपल्ट बिहानै धनगडी तर्फ गाडिमा लागियो । वीचवाटोमा कहाली लाग्दो समाचार सुन्नु पर्यो । होसहबास हरायो । दश मिनट पछी थोरै समालिएर पूर्ण खबर सुन्दात दाई दुर्घट्नामा परी यो दुनियालाई सधैका लागि छोडिसक्नु भएको रहेछ । के गर्ने बिधिको बिधान रोकेर नरोकिने । दाई संग अबको तिहार संगै मनाउनु पर्छ भनेर प्रमिस गरेको थिए २१ औ पटकको तिहार पनि सबै परीवार संगै बसेर मनाउन पाईएन । कति रहर थियो मैले केराको पातमा पुवार पारेर दाईको निदारमाथी राखेर समाईदिने बैनिले टिका लगाई दिने र सबै परीवार फोटोमा सज्जीने चाहाना अधुरो रहयो । हुनत छोरा छोरी हरू छन् , भाई छ बैनि छ, फेरी पनि अवस्य चाड मनाईन्छनै तर पनि दाई नभएको तिहार पक्कैपनि दर्दबिदारक हुने भयो । दाई हामी वीच नभएपनि नेपाल सबै परीवार जाने योजना थियो तर कोरोनाले गर्दा त्यहि अबसर पनि मिलेन । जीवन हो पीडा माथी पीडा सहेर पनि अगाडी त बढ्नै पर्छ । यहि पिडालाई थोरै सान्त्वना दिन एउटा छोटो मुक्तकिलो चिठी पठाए

बैनीलाई चिठी लेखे तिहारमा आउन पाईन भनेर !!
मखमली फूलै फूलको माला लाउन पाईन भनेर !!
घरको आगनमा बसेर बाटो नकुरे मेरी प्यारी बैनी,
यतै रोकिेए म देउसीमा घर घर धाउन पाईन भनेर !!

मलाई लाग्छ हामी दाजु भाईरू बिच गहिरो आत्मियता छ यसमा नेपाली सस्कृति चाड पर्वको प्रभाब छ बिषेस तिहारको । अबबाट पनि दाईसंगका सम्झनाहरू मनभरी राखेर बाकी स परीवारसंगै बिताउन पाईयोस भन्ने कामना गर्दछु । भगवान प्रति खासै आस्था नभएपनि हाम्रो परम्परा सस्कृति प्रति ठूलो सम्मान र चाख छ । बालपन जस्तै रमाईलो खुसी भाबनाले तिहार मनाउन पाईरहु । यहीनै छ मेरो कामना । यसपाली पनि संगै नेपालमा नभएपनि समस्त नेपाली दाजुभाई सबैमा दीपावलिको हार्दिक मंगलमय सुभकामना ।

लेखक हाल जापानमा बस्नुहुन्छ ।

लेखक बाट थप : संस्कार परिबर्तन गर्ने बेला भएन र कमरेड

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More