आफ्नो घरको शौचालय सफा राखौँ : देश आफै सफा हुनेछ

19 November, 2020 12:08 | बिचार | comments | 38400 Views

देश बिदेशमा रहनु हुने सम्पूर्णमा बिश्व शौचालय दिबसको हार्दिक मंगलमय शुभकामना भन्दै लेख अगाडि बढाउन चाहान्छु । शौचालय समस्याको समाधानवाट स्वच्छ घर, स्वच्छ समाज, स्वच्छ देश हुदै सफा सुन्दर विश्व बनाउने काममा हिस्सेदारी बनौ । सफा नेपाल सुन्दर नेपाली हामी शौचालय सुगम या दुर्गम जहाँ सुकै भएपनि बनाउन योगदान गरौ । “मानव बिकासमा खानेकुराको ब्यबस्थापनको महत्व भएपनि । अझै महत्वपूर्ण छ शौचालय व्यबस्थापनको । शौचालय भनेको सभ्यताको प्रतिक हो” भन्ने कुरा साना साना भाई बहिनिहरूको सानै उमेरैबाट नेचुरली व्यबहारमा आउने खालको शिक्षा गराउदै जानु पर्छ । थाहा छ हामी सबैलाई शौचालय सफाराख्नु पर्छ भनेर तर व्यबहारमा लागु गर्ने बानी हामीमा सानैबाट नभएकोले समस्या भएको हो यसअर्थमा पनि सानासाना बाबु-नानी हरूबाटै सिकाउनु उपयूक्त हुन्छ । राजनीतिक स्थीरता हटेपछी सबैकुराको बिकास होलानी भनेर मुख ताकेर बस्ने बानी बिस्तारै छोड्नु पर्छ । कमसेकम नयाँ पिढीका भाईबहिनिहरू लाई अन्य धेरै प्रभाबशाली योगदानबाट देशको सामाजीक आर्थिक परीवर्तन गर्न योगदान दिने नागरीक वन्न सकिने कुरामा उत्प्रेरीत गराउनु पर्दछ । यसरी विभिन्न माध्यम परीवार, स्कुल, अन्य सामाजीक अभियानबाट व्यवस्थापन गराएर पनि सम्बृद्ध नेपाल सुखी नेपाली वनाउन हामी आफै जनता प्रत्यक्षरुपमा हिस्सेदारी बन्न सक्छौ ।

जलबायू परिवर्तन झनझन बिकराल भई संसारलाईनै चिन्तित पु्र्याएको स्थितीले गर्दा उच्चताप, उच्च हिमपात, बाढी, खडेरी र बढ्दो समुन्द्री सतह आदि बातवरणीय समस्याबाट बच्न संयूक्त रास्ट्र संघका अनुसार नाफा नकमाउने उदेश्य लिएर विश्व शौचालय संगठन फोहोर उन्मूलन गरी वाताबरण जोगाउने उदेश्य लिएर बनेको संस्था संसारभरै कस्सीएर सैचालय बनाउनको लागि इस २००१ मा स्थापना भएर लागिरहेको छ । हाम्रो नेपाल र ईण्डीया लाई पनि बिशेस चासो दिईएर सहयोग पनि गरेको जस्तो देखिन्छ । तर यसको लाभ उठाउन सकिएको छ या छैन तेसको जानकारी त मसंग छैन ।

शौचालयले हाम्रो स्वास्थ्यलाई कसरी सुरक्षित गर्दछ?
१९ तारीक २००१ ( २०५८ साल) मा संसार भर बाताबरण स्वच्छ, भाईरस, झाडा पखला, हैजा, टाइफाइड, अन्य माहामारी आउनमा सौचालय प्रयोग गर्न नजान्ने, सौचालय गरीसकेपछी त्यत्तिकै छोड्ने, हात पनि साबुनले नधुने, साथै अन्यसमस्याले गर्दा फैलिने समस्या संसार भरै बाट हटाउने उदेश्य राखेको यो संस्था खुला शौचालयले भू-पानी, कृषि उत्पादनमा समेत ठूलो प्रभाब पारेको हुदा रोक्नको लागि सहयोग गर्दै आएको रहेछ । आज सम्मको मेरो अनुभव र सफा भईदिएपनि हुन्थ्यो भन्ने चाहानाले गर्दा शौचालय दिबसको अबसरमा कुरा राख्न खोजेको हु । लेख्नुको उदेश्य हो थेरै भएपनि नेपालमा शौचालय सम्बन्धी खुलेरै ज्ञान, अनुभब साट्न सकु र पर्यटकीय देश अझ सुन्दर बनोस, कृषि उत्पादन, स्वच्छ पानी अझ स्वच्छ बनोस । यसरी हामी नेपालीको स्वास्थ्यमा ठूलो सुधार साथै पर्यटकहरूलाई सुन्दर नेपाल घुम्न आउ भनेर छाति फुलाए भन्न सकियोस, लिएर आउन सकियोस । कृर्षिमा गुणस्तरीय उत्पादन गर्ने सकिए आर्थिक उन्नतिमा पनि सहयोग हुन्छ की भन्ने आशामा लेख्न प्रयास गरेको छु ।

  

म आफु मध्यमबर्गको गाऊँले परीवारमा जन्मेको हु । जाने देखिनै घरछेउको जंगलमा लोटा लिएर शौचालय जाने चलन थियो । कहिलेकाही स्याउलाको पातले पुछेको पनि छु उ वेला । ७ कक्षामा पढ्दा २०४३ सालमा पहिलो पटक बजारमा नातेदारको घर जादा ट्वाईलेट पेपर या पानी राखेर घरमै सेफ्टी ट्यांकी सहितको शौचालय गएको याद छ । ८ कक्षा ( २०४४) देखि त बजारमा ट्वाईलेट पाईएपनि गाउमा भने अझै थिएनन् । २०४७ मा गाउमा आफै खनेको ट्वाईलेट, सेउलाको बार हालेर बनाएको याद आउछ । २०५४ सालमा जापान आउन अगाडी नेपालमा तत्काल काठमाण्डुमा रहदा बस्ने घरमा शौचालय भएपनि गाउमा जादा लोटामा पानी लिएर, कहिलेकाहि पातले, कतै पेपरले मिश्रित प्रयोग नै गर्न बाध्य भएको स्थितीबाट एक्कासी जापान आउदा जापानमा बस्ने घरमै । आधुनिक सौचालय थियो । ६ जना बस्ने परीवारमा ३ वटा सौचालय थियो । बसेर गर्ने, बटम दबाए तातो पानीले धोईदिने, फेरी अर्को दवाए सुकाई दिने मलाई यति आनन्द भयो कि घरी घरी ट्वाईलेट गई राखम जस्तो हुन्थ्यो जान नपरे पनि !। दिशा,पिसाब दुबै शौचालय प्रयोग गर्दा बसेर गर्ने बानी एक महिनामै परीसकेको थियो । पुरूसको मात्रै सौचालयमा पिसाब उठेर गरेपनि बाकि सौचालयमाहरूमा दिशा,पिसाब दुवै बसेर गरीसरेपछी सफा राखेर निस्कने संस्कार जापान परीवार बाटै सिके । यहि सोच र तरीका धेरै जापानीज बच्चा देखि बृद्ध सम्ममा छ । यूरोप, अमेरीका, एसीयामै सबै भन्दा सफा तरीकाले प्रयोग गर्ने देश जापान मानिन्छ ।

मेरो अनुभब २०६४ सालमा नेपाल फर्कदा गाउमा या शहरमा ब्यक्तिगत, सार्वजानिक सौचालय कमै भएको जस्तो पाएको थिए । टुडीखेलको फोहोर शौचालय त सास रोकेरै गएको याद आयो । हिमाल, पहाड, गाउजादा शौचालम पाउन कठिनै जस्तो लागेको भएपनि । २०२० सालमा जादा त निम्न स्थर, दलित समाझमा पनि घर घरमा ट्वाईलेट पाए । गाउ,पहाड, हिमाल,घुम्दा पनि पेपर या पानिले जान पाए । हात धुन साबन पनि पाए । तर बजारको सामुहिक परीवारमा आधुनिक सौचालय प्रयोग गर्न अतिनै फोहोर लाग्यो । सौचालय आधुनिक भएपनि प्रयोग गर्न नजान्नुको कारण भन्नु भन्दा पनि व्यवारीक हिसाबले सामुहीक परीवारमा प्रयोग गर्ने बानी नपरेका कारण बाहिर बाट जानेलाई प्रयोग गर्न अप्ठ्यारो । बस्ने ठाउमा पानी या फोहोरले भिजेको देखेपछि दिशाको लागि शौचालय प्रयोग गर्न मन नलाग्ने भान भयो र लाग्यो हामिहरूलाई महंगो सौचालय भन्दा कसरी सबै मिलेर सफासंग सौचालय प्रयोग गर्ने कुराको जानकारी लिन जरूरी ठाने । यसरी दिशा रोक्नु पर्यो भने कव्जियतको विपारी हुने सम्भाबना बढीनै हुन्छ ।

२०१३ सालमा जापानमा शौचालयको आईडल मानिने जापनीज नागरीक खातो (Mr Kato) सर संग भेट हुने अबसर पाए । संगै डिनर गर्दा पुरै समय शौचालयको मात्र कुरा गरीयो । खास मनमा लाग्छनी है !! कस्तो खाने वेलामा पनि शौचालयको कुरा गर्ने छि छि !! तर कुरा त्यस्तो थिएन, मिठो मान्दै खादै खुसी हुदै गफ गरेको सुन्दा मलाई पनि आनन्दित बनायो । जीवनमा सबैभन्दा बढी आनन्द पाईने ठाऊँ शौचालयमा रे ? हामी सबैले बस्दा आनन्द पाईने शौचालय सफा कसरी बनाउने भन्ने कुरामा जोड दिईरहनु भएको थियो। उहाले पहिलो भेटमै शौचालय सम्बन्धि सेमिनारमा बोलाउनु भयो र म उहाको सेमिनार टोक्यो यूनिभर्सीटीमा गएपनि । सुने, बुझे, रोचक लागेर आएको थियो । हाम्रो देशमा पनि शौचालय सम्बन्धी ज्ञान कसरी दिनेहोला मनमा आईरहन्थ्यो । कहिले काहि फेसबुकबाट शौचालय सम्बन्धी कुराकानी गर्थे पनि । लाग्न थाल्यो हामी मानवलाई संसारको जुनसुकै ठाउमा गएपनि स्वच्छ , सफा शौचालय प्रयोग गर्न पाउनु , स्वच्छ वाताबरणमा बस्न बनाउनु, शौचालय सफा बनाउन पाउनु हाम्रो अधिकार हो यसको लागि हामीले शौचालय विस्तार गराउने कुरामा जागरूकता जगाउनु पर्छ भन्ने कुरामा कन्भिन्स भएको छु । आ-आफ्ना घरहरू बाहेक सार्वजनिक ठाउँमा सफा शौचालयहरू पनि राम्रो मेनेज गराउने फोहोर व्यबस्थापन पनि संगै गर्न हाम्रो नयाॅ संघिय सरकारका जनप्रतिनिधिहरू मार्फत आवाज उठाउने तरीका अपनाउनु पनि पर्छ ।

पढ्दै जादा कस्तो लेखेको हो भन्ठान्नु हुन्छ होला । प्रसङ्ग टुरीजम बिकास र नेपालको स्थीती र अकस्मात कोरोनाले घेरीएको संसार, नेपाल । अबश्य कोरोना सकिए पछी एकपटक टुरीजम बढ्ला यसै बढाई बाट नेपाल बिकाशमा फड्को मार्नको लागी च्यालेन्जींग पक्षहरू मध्यमहत्वपुर्ण कुरा हुन आउछ शौचालय व्यबस्थापन र सरसफाई । हो पक्कै पनि संसारभरै कोरोनाले सरसफाईमा व्यापक क्रान्तिनै ल्यादिएको छ । दु:ख संगै अबसर पनि आएकै हुन्छ । पिडालाई अवसरमा परीणत गरौ भन्ने हो । अव कसरी परीवर्तन भएर जान्छ तो त हेर्न बाकिनै छ । तर हामी नेपालीले यो अवसरलाई व्यापकरूपमा यूईटीलाईज किन नगर्ने ? किन संसारमै स्वच्छ, शान्त,आनन्दको देश भनेर किन नचिनाउने ।

यसरी नेपाललाई जोडेर जापानको अनुभव जोड्छु ।
अरू त टाढाका कुरा हुन्छन् अझै…! सत्य कुरा त पहिला हामी आफ्नो दिशा पिसाब राम्रो संग ठेगान लगाउन सके मात्र पनि हाम्रो देशको 15% जति बिकासमा सहयोगी हुन्थ्यौं, योगदान हुन्थ्यो । पैसा कमाएर, धेरै पढेरमात्रै यस्तो कुराहरूमा ज्ञान कमाईएको जस्तो लाग्दैन । अलि अगाडी पनि लेखेको थिए… नेपालमा कतिपय पर्यटकहरू स्थानीय रहन सहन भएको ठाउ, जहा प्रकृती पनि सुन्दर होस, नेपाल नेपाली बुझ्न सकियोस त्यस्तो ठाउमा जान, लामो समय बस्न मन पराउछन् । तर हाम्रो प्राय घर या सार्वजनीक सौचालय प्रयोग गर्ने लायक हुदैनन् । यूरोपीयन स्टाईलको ट्वाईलेट भएपनि बस्ने ठाउमा प्राय पिसाबले भिजेको हुन्छ, आदि अन्य धेरै ड्रामा देख्न पाईन्छ के के म भन्दिन … आफै अनुमान गर्नु होस । आजको दिनमा पनि नेपाल या नेपाली मात्र हैन अन्य मुलुकमा पनि यो समस्या विद्यमान छ ।
जापानमा एउटा मान्यता छ ।
ट्वाईलेट, रेस्टरूम भनेको नितान्त निजी कोठा हो त्याहा आनन्दको स्वास लिन सकिन्छ, धेरै तनाबबाट छुटकारा लिन सकिन्छ । त्यसैले ट्वाईलेट फोहोर प्रसोधन गर्ने ठाउ भएपनि फोहोर गर्ने ठाउ हैन । शौचालयमा भगबान बस्नु हुन्छ । जति सफा राख्यो उति भगवानको मन खुसी हुन्छ । भगबान खुसि भए आफु पनि आनन्द खुसी बन्न सकिन्छ भन्ने मान्यता छ । बच्चैबाट शैचालयको सरसफाई सिकाउछन् ।

नेपालमा सामुहिक परीवारमा पनि ट्वाईलेट प्रयोगको समस्या पाए । पछिको मान्छे जो सुकै होस अघिल्लो मान्छेले प्रयोग गरेपछी सामान्य पानीको थोपो बाकि रहेछ भनेपनि कता कता छि छि लाग्छ, झन दिसा पिसावनै रहेछ भने त छ्या ….!! हामी फोहोर देखेर सफा गर्दैनौ झन फोहोर थपेर हिड्छौ । हामी नागरीकको सामान्य सोच यस्तै छ यहि सोच परीवर्तन गर्न जरूरी छ । तर जापानमा प्राय सार्वजनिक शौचालय पनि सफानै हुन्छ । तर पनि बिदेशी बढी भएको जापानमा सफा हुन्छ भनेर भन्न सकिन्न पनि …त्यो अर्को पाटो हो तर यहाका मानिसहरू कस्तो सोच राख्छन् भन्ने महत्व पुर्ण कुरा हो , सिक्नु पर्ने कुराहरू यहि हो ।

एकदम सजिलो छ । बिहान बेलुका नियमित सफा गर्ने, र जसले जुन प्रयेजनको लागी ट्वाईलेट प्रयोग गर्ने र गरेपछी, पुछेर सफा बनाए छोड्ने, हरेकले यसो गरीरहने हो भने दुर्घन्घ आउदैन, फोहर पनि हुदैन । साच्चै लाज नमानीकन परीवार या साथीभाईसंग या साना साना भाई बहिनी संग खुला छलफल गरौ । स्कुलबाटै बाबु नानीहरूलाई सिकाउने । हाम्रो सार्वजनिक शौचालय कस्तो बनाउने कुन प्रकारको बनाउने अन्तरास्ट्रिय स्तरको बनाउने कि नेपालको मौलिकता अनुसारको वनाउने एउटा प्रभाबसाली मापदण्ड बनाएको राम्रो हुन्छ । मेरो बिचारमा हाम्रै मौलिकताको पनि राम्रो संग प्रयोग गर्न जानिएको खण्डमा सफा राख्न सकिन्छ । यसमा संघिय सरकारले पनि ध्यान दिनेहो भने राम्रै होला ।

सार्वजनिक शौचालय सरसफा राख्ने, वरीपरी सरसफाई राख्ने मजदुरहरूलाई पनि उपयूक्त तालिम दिएर, उच्च मूल्यांकन गरी राम्रो पारीस्श्रमीक दिने व्यवस्ता, तल्लो स्तरले नहेर्ने हाम्रो मानविय सोच, बनाएर सार्वजनिक सरसफाई जस्तो काममा लाग्ने उत्सुकता जगाउनु पर्छ । यसैमा फेरी पनि जापानको समाजीक सोच लाई जोड्न चाहान्छु । ठूला ठूला कम्पनिका मालिक, सरकारी कर्मचारी, बिभिन्न ओहदामा रहेर काम गरेकाहरूपनि रिटार्य भएपछि शौचालय, सार्वजनिक सरसफाईको काममा पार्टटाईम गर्नेहरू पनि धेरै हुनुहुन्छ । पुजीबादी देशभएपनि जापान श्रमलाई सम्मान गर्ने देशहो । यस्तो सामाजीक सोच भएको समाज हामी नेपालीको माटो संस्कृति बुद्धको देश सुहाउदो छ नभुलौ ।

यस्ता कामहरू सरकारले गर्यो गरेन भनेर कुराकाटेर नबसी, सरकारको निर्देशन समेत नकुरी हामी सबैले आफैमा चेतना जगायौ भने, बानी पार्यौ भने सजिलै घर, टोल, समाज सफा हुन्छ । यसमा पनि हामी नेपाली सामाजीक काममा अगाडि नै छौ । देशमा होस या बिदेशमा बिभिन्न संघ सस्थाको नाममा नेपाल नेपालीको नाममा सहयोग गरिरहेका हुन्छौ । यस्तो काममा एनआरएन, संघ संस्था एक भएर अनुभव, सिप, आर्थिक, भौतिक जे सकिन्छ त्यही आ-आफ्नो ठाउबाट सहयोग गर्ने । बिदेशमा रहनेले कमसेकम आफ्नो घरको शौचालय भएपनि सफाराख्ने कुरामा योगदान दिन सक्यौ भने पनि राम्रो हुन्छ ।

तपाई को मन आनन्द त हुन्छ नै तपाईको गाउमा समाजमा पाउनाहरू रमाउछन् पनि, पाउनै पाउनाहरू आउने राम्रो टुरीजम समाज बन्छ। राम्रो शहर वन्न पनि सक्ला । उस्तै परे सुन्दर सफा नेपाल नै बन्न सक्ला । ब्यवहारीक ज्ञानलाई प्राथमिक दिऊ र दुरगामी सोच योजना बनाऊँ ।

सबैलाई फेरी पनि अन्तरास्ट्रिय शौचालय दिबसको उपलक्षमा हार्दिक शुभकामना भन्न चाहान्छु । धन्यबाद ।

लेखक जापानमा रहेर बिभिन्न विधामा कलम चलाउनु हुन्छ

खुसी साट्ने र पिडा भुलाउने पर्ब : तिहार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More