बिचार

लड्डु बुढा नेताहरुलाई खान दिऊ नेतृत्व युवाहरुले लिऊ

दिपेन्द्र अधिकारी

सारसङ्ग्रहवाद अर्थात एकीकृत सिद्धान्तको आधारमा एकतामा ल्याउने, आफै आउने, प्राकृतिक रुपमा गुरूत्व वल भएको नेत्तृत्वको मातहतमा ठूलो शक्ति जम्मा हुँदै जान्छन् । कता कता आइन्स्टाइनको एकीकृत सिद्धान्त पनि मेल खान्छ । जति बलले रोके पनि, छेके पनि प्रकृति विज्ञानले आफै बैकल्पिक बाटो खोजिसकेको हुन्छ । आज त्यो क्षमता भएको नेता नेपालमा प्रधानमन्त्री केपी ओली नै हुन् । यसका लागि जनताबीच त्यो माहोल बनिसकेको छ । भलै नेतृत्वतिर कम होलान । आज लड्डु खाए पनि भोलिबाट सबै मिलेर जाने सिराबाट नै सोच्नुपर्छ जहाँबाट समस्या निस्केको थियो यो एक किसिमले माक्र्सबाद सिद्धान्त पनि हो ।

हिजो लेनिनले सारसङ्ग्रहवादको खण्डन गर्नुभएको थियो । त्यो समयमा खण्डन ठीक थियो तर आज समय बिल्कुल फेरिएको छ । मानिस सबैका आआफ्ना कमजोरी हुन्छन् । असाध्यै राम्रा कुराहरू पनि हुन्छन् । सानातिना कमजोरी केलाएर बस्नुको अर्थ यो समयमा छैन । ढिकीले धान कुट्ने बिया केलाएर बस्ने शताब्दी हैन । मेसिन नै ल्याएर केलाउनै नपर्ने डिजिटल युग हो ।

वनको बाघ र घरपालुवा हात्तीलाई लडाउनु बेकार हो । दुबैका राम्रा बिशेषता पनि धेरै छन् । एकले अर्कालाई उपयोग गर्ने सोच पनि देखिन्छन् । पाए निल्ने सोच पनि देखिन्छ त्यो प्रष्ट छ । यथार्थ के हो भने यहाँ को प्रतिगामी हुन् या हैनन् भनेर डाको छोड्नुभन्दा यो मात्र घर झगडा हो भनेर किन हातेमालो नगर्ने ?

एउटा प्रवृत्ति (ए) टसमस नचल्ने, नफेरिने, अर्को (बी) पाएसम्म उपयोग गर्ने, आफ्नो मौलिकता विर्सीएर, आफ्ना हितैषी विर्सीएर नयाँ सम्बन्ध विकास गर्ने अन्ततः बिस्तारै त्यहींबाट नयाँ बिद्रोह उम्रिन्छ र स्वतः कमजोर हुन्छ (बी) । शक्ति संरक्षणको सिद्धान्त पनि महत्वपूर्ण हुन्छ यस अर्थमा जस्तो परीस्थितिमा पनि साथ दिने माहोल वन्छ र शक्तिसाली बन्दै जान्छ (ए) ।

हिजो लेनिनले पनि शक्तिसंरक्षण गरेकाले सफल भएका थिए । चीनले सांस्कृतिक क्रान्ति गलत भएको ठहर गरी तत्काल सुधार गर्दै शक्ति संरक्षण गरेकाले आजसम्म सफल छ । यसरी ढुलमुल हुने, भाडामा लिएको बलको आधारमा गर्जने खोक्रो शक्ति वास्तवमा यसको मार समाजवादीहरूलाई नै पर्छ । यो एक किसिमले धोका पनि हो ।

बेला बेलामा यस्ता घट्ना घटेका थिए पनि संसारमै । फिडेल क्यास्ट्रोले पनि पापड बेलेरै भए पनि शक्तिसंरक्षण गरेरै अमेरिकी साम्राज्यवाद पस्न नदिई क्यूवा जोगाएर सधै समाजवादी देश बनाए । आज नेपालमा नयाँ नक्षत्र वनेर वामपन्थी झुल्केको छ यसमा ठूलो योगदान क मदन भण्डारीले वनाएको सिद्धान्तको छ । उनी बाचेका भए निसन्देह शक्ति संरक्षण गरेका हुन्थे, समाजवादको वाटोतिर हिंडेको हुन्थ्यो सायद, मेरो अनुमान मात्र हो ।

तैपनि बामपन्थीहरूको यहाँसम्मको यात्रा माटो सुहाउँदो आन्दोलन नेपालमा जोगाउन सकियो भने वास्तवमा एेतिहासिक हुनेछ । वरिपरी मात्र नहेरौं टाढासम्म दूरदर्शी भएर सोचौ । सधै शान्ति, दिगो विकास र समृद्धिको पक्षमा चिन्तन गरौं । कमसेकम युवा नेताहरूबीच व्यंग्यवाण नचलोस्, तर्कसंगत बहस चलोस् साथै नेत्तृत्व आफैं आउदैन, नेतृत्त्व जनताबीचबाट प्रतिस्पर्धा गरेर लिन युवा नेताहरू सक्षम भएर बस्दा हुन्छ । लड्डु बुढा नेताहरूलाई मात्र खान दिनुस् । जय होस

कास्की पोखरा, हाल टोकियो जापान

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.