हेल्प नेपालबाट वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण
वीर अस्पताल परिसरमा स्थापना गरिएको हेल्थ डेक्स क्लिनिक (ज्वरो नाप्ने कोठा) अस्पताललाई हस्तान्तरण गरिएको छ । नेपालमा कोभिड–१९ को महामारी फैैलिएसँगै हेल्प नेपाल नेटवर्क, न्यू डाइमेन्शन तथा रत्नाग्य संस्थाको सहयोगमा निर्माण गरिएको उक्त क्लिनिक सोमबार औपचारिकरूपमा वीर अस्पताललाई हस्तान्तरण गरिएको हो ।
देशकै सबैभन्दा पुरानो वीर अस्पतालमा बिरामीको चाप बढी हुने, बिरामीलाई सामाजिक दूरी तथा स्वास्थ्य मापदण्डको विषयमा जानकारी प्रदान गनुपर्ने तथा कोभिड–१९ को सङ्क्रमित छुट्याउनुपर्ने भएकाले वीर अस्पतालमा उक्त डेक्स स्थापना गरिएको हेल्प नेपाल नेटवर्कका सचिव लता घिमिरेले जानकारी दिनुभयो ।

हेल्थ डेस्क क्लिनिक अस्पताललाई हस्तान्तरण गरिएसँगै आगामी दिनमा आवश्यक मर्मतसम्भार गरेर सञ्चालनमा नियमितता दिन आग्रह गरिएको छ । उक्त ज्वरो नाप्ने कोठा रु तीन लाख ७५ हजार लागतमा निर्माण गरिएको रत्नाग्य संस्थाका उपाध्यक्ष खड्क केसीले जानकारी दिनुभयो । उहाँले कुनै पनि उपचारअघि ज्वरो नाप्ने कोठामा ज्वरो नाप्न तथा परामर्श लिन आग्रह गर्नुभएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते
- डोटीमा उमेर नपुगेका गर्भवती हुने क्रम बढ्दै
- उद्योगको गुणात्मक अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर
- नेपालमा खोप लगाइएमध्ये जम्मा नौ सय ११ जनालाई मात्र सामान्य असर
- एनआरएनए जापान- तोचिगी तदर्थ समिति गठन
- अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन, झापामा मुटु प्रत्यारोपणको तयारी
- संवैधानिक नैतिकता देखाएर निकास दिन बारको आग्रह
- दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाइने
- दमौली कारागारमा कैदीबन्दीबीच झडप- पाँचजना घाइते
- झापामा विकासको लहर- दमक जोडिने चार पुलको एकसाथ उद्घाटन
- हजारौं शब्दले नबोल्ने कुरा बोल्छ एउटै कार्टुनले
- अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
- पुनःस्थापित संसदमा ३२ विधेयक प्रक्रियामा
- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तीनजनाविरुद्ध मुद्दा दायर
- कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा
- चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने : प्रधानमन्त्री ओली
- विघटनका पाँच प्रस्ताव, दुई मात्र सदर, दुईपटक अदालतबाट एकपटक सडकबाट पुनःस्थापित
- फाइजर र मोडर्नापछि अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति
- पर्सामा नक्कली किसान बनेर अनुदानको रकम हत्याउने होडबाजी
- जनयुद्धकालमा बेपत्ता पारिएकाहरु अझै फर्कने आशमा छन् आफन्त
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


