कविताले पाइन नेभादा विश्वबिद्यालयबाट आणविक जीव विज्ञानमा विद्यावारिधिको छात्रवृत्ति
अमेरिकाको प्रतिष्ठित नेभादा विश्वबिद्यालयबाट नेपाली चेली कविता अधिकारीले विद्यावारिधिको छात्रवृत्ति प्राप्त गरेकी छिन् । कास्कीको भरतपोखरी जामुनाबोट घर भएकी छात्रा कबिता अधिकारीले माइक्रोबायोलोजी अन्तर्गतको “स्कूल अफ मेडिसिनमा सेलुलर र आणविक जीव विज्ञान (सीएमबी) कार्यक्रमका लागि पूर्णरुपको छात्रबृति प्राप्त गरेकी हुन । विश्वविद्यालयलको आधिकारिक स्वीकृतिमा पूर्ण छात्रवृत्ति साहित ग्राजुएट असिस्टेन्टसिप पनि प्राप्त गर्न सफल भएकी कवितालाई विश्वविद्यालयलले पहिलो बर्षमा दश हजार अमेरिकी डलरको बर्नर छात्रवृत्ति लागि पनि मनोनयन गरेको छ ।
विद्यावारिधिको छात्रवृत्तिपछि कविताले भनिन, म खुसी छु कि मेरो परिवारको पहिलो पुस्ता पीएचडी डिग्री गर्न जाँदै छु यसकारण पनि म गर्ब गर्दछु । अब मेरो सपना एक योग्य र दक्ष अनुसन्धानकर्ता बन्ने छ । यो सपना म सोही विश्वविद्यालयलबाट पूरा गर्न जाँदै छु ।
कास्कीको भरतपोखरी स्थित शान्ति उदय माबी बाट २०६३ सालमा एसएलसी उत्कृष्ट अंक ल्याई उतिर्ण भएकी अधिकारीले ,पोखराको जनप्रिय बहुमुखी क्यम्पसबाट स्नातक तथा त्रिभुबन विश्वबिद्यालयको केन्द्रीय क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातकोत्तर गरेपछि केही महिना नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा अनुसन्धान सहायक भएर समेत काम गरेकी थिइन ।


यसै शिलशिलामा अमेरिका पुगेकी उनले छात्रवृतिका लागि निबेदन दिएकी थिईन । उनले सम्बन्धित बिषयमा पीएचडी गर्नलार्इ पहिलो वर्षमा करिब नेपाली रकम ११ लाख बराबरको छात्रवृत्ति प्राप्त गरेको बताएकी छन । यो छात्रवृति हरेक बर्ष निबेदन दिएर पाँच बर्ष सम्म निरन्तर रहनेछ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- विदेशी पर्यटक भित्र्याउन सरकारले पहलकदमी लिनुपर्ने
- प्रधानमन्त्रीे, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखबिरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता
- सीमा अतिक्रमणपछि कञ्चनपुरको प्यारातालमा भारतको गिद्देनजर : नेपाली पक्ष मौन
- पत्रकार महासंघले ठूला मिडियाको लगानीको पारदर्शिता खोज्ने
- “१५ वर्ष एमालेको नेतृत्व गरेको मलाई प्रचण्डको मामुली कार्यकर्ता नठान्नु”- नेपाल
- संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसकिएकोमा प्रधानमन्त्री सुगाद्वारा क्षमायाचना
- पोखरामा सम्पन्न ‘बञ्जी कपल च्यालेन्ज’ चार जोडीले जिते
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलिदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


