सर्वोच्चको आदेशसंगै सुरु भयो नेताहरुको अग्नि परिक्षा

24 February, 2021 11:32 | बिचार | comments | 25050 Views
मोहन घले

प्रधानमन्त्री केपि शर्मा ओलीले संसद बिघटन गर्न गरेको सिफारिस सर्वोच्च अदालतले अबैधानिक भन्दै बदर गरिदिए पछि नेपालमा राजनितिको मुलबाटो जननिर्वचित संसदमा फर्किएको छ ।

शङ्का र आशंका विच अदालतमा बहसमा रहेका समयमा पार्टिहरु लगायत नागरिक समाज पनि पक्ष र विपक्षमा उभिए पछि अध्यारो राजनितिको यात्रा तय गर्न लागेको नेपाली राजनिति अदालतको निर्णयबाट फेरी संसदमा फर्किएको हो । यो सगै दुई कम्युनिष्ट प्रधानमन्त्रीले संसद बिघटन गर्दै निर्वाचनका लागि गरेको सिफारिस अदालतले बदर गर्दै संसदमा फर्काईदिएको दोश्रो रेकर्ड कायम भएको छ ।

लामो थुनछेक सहित एमिकस क्युरीको बहस पछि सबैधानिक बेन्चले मंगलबार गरेको फैसला पछि आन्दोलनरत दलहरुले आफ्नो जित भएको भन्दै दिपावली गरेका छन भने प्रमुख प्रतिपक्ष नेपाली काग्रेसले विज्ञप्ती जारीगर्दै काग्रेसले अदालत माथी भरोसा भएको भन्दै सम्मानित अदालतले गरेको निर्णयको सम्मान र स्वागत गर्ने जनाएको छ ।

  

बल नेताको कोर्टमा आशंका जारी

वर्तमान संसदको संरचना हेर्दा जनताले चाहेको नयॅा पुस्ताकोमा सत्ता जाने सम्भावना कम देखिए पनि संसद विघटन बिरुद्द आन्दोलनको परेड खेलेको नेकपा प्रचन्ड माधव समुहले सत्ता र पदका लागि यो आन्दोलन नभएको बताएका थिए । नेपाल बन्द देखि विभिन्न शक्ति प्रर्दशन गरेको यस समुह अब पुर्नस्थापित हुने संसदमा सबै भन्दा ठुलो दल हुने छ । यस समुहमा युद्दको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री प्रचन्ड सहित पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनालको ब्यबस्थापन पनि हेर्न लायक हुने अनुमान गर्न सकिन्छ । यहि कडि नै नेपाली राजनितिमा जनता बीच आलोचित हुने पनि गरेको छ ।

संसद पुर्नस्थापनाको अदलतले आदेश भएपछि सत्ता भोगका लागि अध्यारो कुनामा रहेको काग्रेसलाई दुबै हातमा लड्डु आईपरेको छ । प्रधानमन्त्री केपि शर्मा वलिले संसद विघटनको सिफारिसको बारेमा मौन समर्थन गरेको भन्दै नेकपाका अध्यक्ष प्रचन्ड लगाएत आपनै पार्टिका वरिष्ट नेता रामचन्द्र पौडेल एवं युवा नेता गगन थापाले सार्वजानिक सभामानै आलोचना गरिएका पार्टिका सभापति शेर बहादुर देउवालाई दुबै नेकपाले प्रधानमन्त्री अफर गरेसगै अबको सत्ता गणितमा उहाको महत्व कति छ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । उहाले केन्द्रमा अब बन्ने सरकारसगै छ वटा प्रदेशमा पनि काग्रेसलाई सजिलै सत्तामा लैजान सक्नेछन ।

संसदमा करिब ७५-८० सिट हुन सक्ने नेकपाका अध्यक्ष एव प्रधानमन्त्री केपि शर्मा वलिले राजनैतिक मुद्दामा आलोचित र संसद विधटनको निर्णय असफल भएपनि संसदको सरकार समिकरणमा भाग लिन पक्कै चाहने नै छन । सम्भवत काग्रेससगको साझेदारीमा आलोपालो गर्न सक्नेछन भने देउवालाई वाहिरबाट समर्थन सहित तिन प्रदेशमा काग्रेसलाई सत्ता सुम्पन सक्नेछन । यि सबै निर्णय केहि दिनमा प्रस्टसग देखिने छ ।

जनताको चाहना

संसद पुर्नस्थापना भएपछि नेपाली जनताले गल्तिहरुबाट सिकेर नेताले जनचाहना बमोजिम सहकार्य गर्दै अविस्वासको राजनितिलाई सुध्रार्न एवं सत्ता र शक्तिका लागि मरिहत्ते हुने कार्य नहोस भन्ने जन-चाहना रहेको सजिलै बुझ्न सकिन्छ । यो सगै बिकास सगै हुने भ्रष्टचार रोक्न कोभिडसगै शुन्यमा झरेको आर्थिक गतिबिधिलाई गति दिन र जनतालाई दिनु पर्ने सेवा सहज बनाउन वतावरणको बनाउन राखेको चाहना कतै पुरानो रोग झै छोटो समयका लागि सत्ता फेरीरहने र सबै चाहनाहरु नपुग्ने भयो भने जनता फेरी एक पटक आन्दोलन गर्न बाध्य हुनेछन ।

लेखक : पत्रकार महासंघ जापानका अध्यक्ष हुन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More