एनआरएन जापानको नयाँ सदस्यता आबेदन खुला, अनलाईन लिन सकिने

28 April, 2019 13:51 | जापान | comments | 108600 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नयाँ सदस्यता आबेदन खुला गरेको छ ।जापानको टोकीयो स्थित कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरि नयाँ सदस्यता आबेदन र पुराना लाइ नबिकरण गर्न खुला गरिएको जनाएको छ ।

adsads

सदस्यता लिनको लागी गैरआवासीय संघ जापानले तयार पारेको https://mero.nrna.org/user/register मा गई सदस्यता लिन सकिने जानकारी गैरआवाशीय नेपाली संघ जापानका बरिष्ट उपाध्यक्ष देविलाल भण्डारीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा वरिष्ठ उपध्यक्ष भन्डारीले नवौँ अधिवेशनले अध्यक्ष १ वरिष्ठ उपाध्यक्ष १ उपाध्यक्ष ५ ( महिला,युवा,क्षेत्र र खुल्ला २) महासचिव १ सचिव ३ (क्षेत्र, खुल्ला २) कोषध्यक्ष १ सहकोषध्क्ष १ एक महिला सहित ८ सदस्यको निर्वाचन सहित यसवर्ष देखि युवा संयोजक तथा महिला संयोजकको पनि निर्वाचन हुने बताए ।

सो कार्यक्रममा उपाध्यक्ष शिबप्रसाद पौडेल ,सरोज कुमार खत्री,महासचिब बुद्दि घिमिरे,सचिब जनकबिक्रम शाही , नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले , अनिल थापा, दिपक कंडेल ,अनिता गुरुङ ,कालिका थापा लगायतको उपस्थिति रहेको थियो,।

एनआरएनए जापानका बरिष्ट उपाध्यक्ष देबिल भण्डारी को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा आउने अधिबेसन अगष्ट २०१९ मा सम्पन्न गर्ने जानकारी दिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More