कोभिड– १९ र यसले बच्चामा परेका असरहरु

23 May, 2020 13:03 | बिचार | comments | 78600 Views

गत पौष अर्थात् डिसेम्बर ३१ मा चिनबाट शुरु भएको कोभिड – १९ , त्यसपछि थाइल्याण्ड हुदैँ हाल बिश्वका २१३ भन्दा बढि राष्ट्रमा फैलिसकेको छ । हाल बिश्वभर यसको संक्रमण सङख्या ५१,३६,७८५ भन्दा बढि रहेको छ भने मृतकको सङख्या ३,३१,४९६ नाघिसकेको छ र यो बढ्ने क्रममा छ ।

चीन र अमेरिकामा देखिएको प्रवृत्ति अनुसार अन्य उमेर समूहको तूलनामाबच्चामा यसको संक्रमण दर कम २.४ % मात्र देखिए पनि नेपालमा भने ४५४ संक्रमीत मध्ये नै १०३ जना २० बर्ष भन्दा कम उमेर समुहका बच्चाहरु रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो । अर्थात् नेपालमा बच्चामा संक्रमण दर २२।६८ ५ रहेको थियो । यसलाई आधार मानेर हेर्दा नेपालमा बच्चामा संक्रमण अन्य देशको तुलनामा केहि उच्च हुने अनुमान लगाउन सकिन्छ ।

  

संक्रमण सँगसँगै हाल बिश्वका ६० % बच्चाहरु आंशिक वा पूर्ण लकडाउन झेल्न बाध्य छन् भने सम्पूर्ण स्कूल र कलेजहरु बन्द छन् । यसले प्रत्यक्ष-अप्रत्यक्ष रुपमा बच्चाको चौर्तिर्फ बिकाशमा असर गरेको छ । जून यसप्रकार रहेका छन्-

१ पोेषण

कोभिड– १९ को संक्रमणले आर्थिक हिसाबले सबल र दुर्बल देश बिच अझ गहिरो खाडल सिर्जना गरेको छ । आर्थिक हिसाबले सबल देश र परिवारका बच्चाहरुमा (over nutrition) र मोटोपना (obesity) को समस्या देखापरेको छ । जसले नसर्ने रोगहरु- ( Non communicable diseases) को सम्भावनालाई अझ बढवा दिएको छ । भने अर्कोतिर आर्थिक हिसाबले कमजोर (अफ्रिकी, दक्षिण एशियाली) देशहरु जहाँ स्कूलमा दिने खाजा (Mid-day meal) नै बच्चाको पोषणको मुख्य स्रोत थियो त्यहाँको बच्चाहरुमा कुपोषणको सम्भावना बढेर गएको छ ।

२ शिक्षा

लकडाउन सँगै शुरु भएका (Online class, Radio class , Telivision class) मा एकातर्फ सबै बर्गका बच्चाहरुमा यसको पहुँचता छैन भने अर्कोतिर यस्ता कक्षाबाट हुने सिकाईले शिक्षाको गुणस्तरमा पनि गम्भिर प्रश्न चिन्ह् खडा गरेको छ ।

३ खोप

लकडाउनसँगै धेरै देशहरुले आपm्ना नियमित खोप सेबाहरु बन्द गरेका छन् । जसले खोपबाट न्युनिकरण गर्न सकिने रोगहरु (vaccine preventable diseases) को जोखिमलाई बढाएको छ ।

४ साईबर अपराध

दिनभरि घरमा बस्दा बच्चाहरु ईन्टरनेट को बिभिन्न कष्तभ मा जान्छन् । कुन कष्तभ सहि र कुन गलत छुट्याउन नसक्दा बिभिन्न आतकं, यौन शोषण (internet violence, sexual exploitation, bullying) को जोखिम बढेर गएको छ ।

५ मानसिक असर

कोभिड – १९ सँगै बढेको सामाजिक दुरी, आईशोलेशन आदिले बच्चामा एक्लोपनाको महशुश गराएको छ । बुबाआमाको रोजगारी गुम्दा पारीवारीक आर्थिक संकटले बालबच्चाको मानशिकतामा अझ बढि असर गरेको देखिन्छ । स्कुल, साथिभाई, परिवारसँग छुट्टिनु पर्दा separation anxiety, रोगबारे उचित जानकारी प्राप्त नहुनु, संक्रमणको डर, मृत्यूको भय आदिले बच्चाको मानसिक स्वास्थ्यमा नकारात्मक असर गरेको छ ।

असरहरु न्युनिकरण गर्न के गर्ने
— बच्चालाई सन्तुलित आहार खुवाउने
— बच्चाको उमेर अनूसार उपयुक्त व्ययाम गर्न लगाउने
— दैनिक कार्यतालिका बनाएर यसलाई नियमित पालन गर्न लगाउने
— हालको अवस्थामा अभिवावक नै बच्चाको शिक्षक, साथि, अभिवावक भएकाले अभिवावकले आफ्नो बहूभुमिकालाई सहि तरिकाले निर्वाह गर्ने ।
— कुपोषणलाई Multisectoral Approach बाट निवारण गर्ने
— E–learnig को पहुँचता सबैमा पुर्‍याउने र यसको गुणस्तर बढाउन सरकारी स्तरबाट नै निती तथा कार्यक्रम बनाउनु जरुरी छ ।
— सरकारीस्तरबाट नै सामाजिक दुरी कायम गरि र उचित ब्यत्तिगत कवच (PPE) प्रयोग गरि नियमित खोप सेवा संचालन गर्न लगाउने ।
— विभिन्न संचार माध्यम (रेडियो, टि भि) बाट साइबर अपराध (cyber crime) बारेमा चेतना फैलाउने । अभिवावकले आफ्नो निगरानिमा मात्र बच्चालाई ईन्टरनेट चलाउन दिने ।
— कोभिड– १९ बारे बच्चालाई सहि सुचना र जानकारी उनिहरुले बुझ्ने गरि दिने ।
— बिभिन्न संचार माध्यमबाट बाल मनोबिज्ञानसँग सम्बन्धित कार्यक्रमहरु संचालन गर्ने ।

सबिना पन्त
Master in Child Health Nursing 2nd year- Institute of Medicine

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More