कोरोनाकै कहरमा पोखरामा खुल्यो सेभेनस्टार फुड मार्ट : युबाहरु उत्साहित

21 February, 2021 11:17 | अर्थ , कर्पोरेट/पर्यटन | comments | 37050 Views

पोखरामा महत्वकांक्षी युबाहरुको समुहले सेभेन स्टार फुड एण्ड मार्ट संचालनमा लाएको छ । पोखराकै सात जना युवाहरुको सामूहिक लगानीमा पोखराको सिमौलचौरमा ग्रोसरी सप र रेस्टुरेन्ट एकसाथ सञ्चालनमा आएको संस्थापक अध्यक्ष तथा सीइओ राजु भुवाईले बताए । स्वदेशमा नै केही गरौं भन्ने सामुहिक भावना भएका हामी सात जना युवा साथीहरु मिलेर फुड एण्ड मार्ट सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

‘हामीले भौतिक संरचना निर्माण गर्दै गर्दा कोभिड –१९ को चपेटामा पर्यौ , तर पनि हामी विचलित नभई चुनौती भित्र अवसर खोजेर अगाडि बढ्यौ र आज सञ्चालनमा ल्याउन सफल भयौं ’,उनले भने ।

रेष्टुराँमा पारिवारिक वातावरणमा विभिन्न स्वादिष्ट खानाका परिकारहरु पाइन्छ भने एक सय २० जना ग्राहकको क्षमता रहेको छ । त्यसैगरी मार्टमा दैनिक उपभोग्य सामग्रीलाई प्राथमिकता दिइएको छ । निकट भविष्यमानै स्थानीय उत्पादनलाई प्राथमिकता दिएर तरकारी,फलफूल र मासु बिक्री केन्द्र राखिने अर्का सञ्चालक डिल्लीराम पनेरुले जानकारी दिए ।

  

युवाहरु राजु भुवाइँ, कुष्ण रानाभाट, बाबुराम उपाध्याय, रामप्रसाद पौडेल, डिल्लीराम पनेरु, अर्जुन अधिकारी र सूर्यराज घिमिरेले उक्त फुड एण्ड मार्टमा सामुहिक लगानी गरेका छन् । हाल फुड एण्ड मार्टमा ३५ जनालाई रोजागार प्रदान गरिएको छ । भविष्यमा यसका साखाहरु पनि खुल्दै जाने उनको दाबी छ ।

शनिबारबाट सञ्चालनमा आएको मार्टको गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले औपचारिक रुपमा उद्धाटन गरेका छन् । प्रमुख शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताए । उनले देशको माटोको माया गररेर जन्मभूमी प्रति कर्म गर्ने युवाहरु प्रति सधै गर्व लाग्ने बताउँदै स्वदेशमा केही गर्न चाहाने युवालाई सबैले प्रोत्साहन गरेर हौसला प्रदान गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजिब पहारीले सात युवाको सामुहिक भावनाबाट शुरु भएको व्यवसायको सफलताको शुभकामना दिदै स्वदेशी उत्पादनमा जोड दिएर अघि बढ्न सुझाव दिए । विकासको सूचक पूर्वाधार मात्र नभइ स्वदेशमा कति युवा उद्यमशीतमा छन् कतिले रोजगार पाएका छन् भन्ने कुराले पनि निर्धारण गर्ने भएकाले युवालाई स्वदेशमा लगानी गर्ने वातावरणमा सबैले साथ दिनुपर्नेमा उनले जोड दिए ।

अर्का प्रदेश सभा सदस्य विन्दुुकुमार थापाले कोभिड– १९ को कारण धेरै व्यवसायी व्यवसायबाट पलायन भइरहेको अवस्थामा ७ युवाको साझा उद्देश्यले फुड एण्ड मार्ट सञ्चालनमा आउनु सकारात्मक भएको बताए । पोखरा –३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले समृद्धिको सपना कर्मले स्थापित हुने बताउँदै युवालाई सबैले हौसला दिनुपर्ने बताए । पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनार सामुहिक भावनामा शक्ति हुने भएकाले आर्थिक समृद्धिमा युवाको सहभागिता महत्वपूर्ण हुने विश्वास लिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More