शिव श्रेष्ठको भण्डाफोर- पैसा नआए पनि रिक्स लिन तयार भएँ तर…
कोरोना महामारीका बेला बन्द रहेका सिनेमा हलहरुमा दर्शकको आकर्षण बढाउन भन्दै अभिनेताा शिव श्रेष्ठले आफू निर्माता रहेको एउटा यस्तो प्रेम कहानी माघ १ गतेदेखि प्रदर्शन गरे । नयाँ चलचित्र प्रदर्शन हुँदा पनि चलचित्र भवनमा दर्शकहरुको चाप देखिएन । अर्कोतिर चलचित्रका विषयमा चलचित्रसंग सम्बन्धित क्षेत्र र कलाकारहरुबाट अनेक नकारात्मक टिप्पणीहरु आइरहे ।
चलचित्र प्रबद्र्धन गर्नुपर्नेमा नकारात्मक चर्चा बढी गरियो । यसपछि अभिनेता श्रेष्ठले आफ्नो फेसबुक पेजबाट नेपाली चलचित्र र केही चलचित्रकर्मीहरुको भण्डाफोर गर्ने चेतावनी दिए । तब सुरु भयो शिवको लेखनयात्रा । शिवले फेसबुकमा पहिलो चरणको लेखन यसरी सुरु गरेका छन् ।

म अध्याय सुरु गर्छु , आफ्नै फिल्म रिलिजको कहानीबाट, निर्माता दिनेश दर्शनधारी र यशोदा राईले मलाई कल गर्नु भयो। ‘दाई हाम्रो फिल्म पोस्ट प्रडक्सनमा छ रिलीज गरौं भन्नुभयो। यो फिल्म रिलिज गरेर नेपाली सिनेमा क्षेत्रलाई गाह्रो परेको वेला केही टेवा दिन सकिन्छ कि भन्नुभयो । मैले बसेर छलफल गरौ भने।
म दोधारमा परें के फिल्म रिलिज गर्ने यो जस्तो बेष्ट वा वर्स्ट समय हुनसक्ला र ? एकातिर , नेपाली चलचित्र क्षेत्रलाई केही दिने हाम्रो सानो योगदानले चलचित्र जगत फेरि जिवन्त हुन सक्छ भने किन नगर्ने भन्ने सोच आयो अर्को तिर मेरो निर्माता भाई बहिनीहरुको लगानीको पनि कुरा छ, यही सोचले २-३ दिन सम्म पिरोलिरह्यो।
अन्तत मैले फिल्म रिलिज गर्ने निधो गरें। कोरोनाको महामारीले सबै क्षेत्र ठप्प बनाएको यो प्यानेड्यामिक अवस्थामा नेपाली चलचित्र क्षेत्रमा नयाँ सुरुवात गर्ने , मानिसहरुलाई केहि हौसला दिल सकुँ र नेपाली चलचित्र क्षेत्र पुनः चलाएमान बनाउन सकुँ भन्ने सोचका साथै फिल्म रिलिजका लागि डिष्टिब्युटर गोपाल कायष्थलाई कल गरें।
गोपाल कायष्थ भेट्न आउनुभयो । झम्सिखेल स्थित ब्रुसाला क्याफेमा हाम्रो छलफल सुरु भयो। उहाँले फिल्म रिलिज नगर्न र घाटा हुन्छ , जति नै राम्रो फिल्म भएपनि चल्दैन भन्नुभयो।
केही दिन अगाडी सरकारलाई अवज्ञा गर्दै खोलेका हलहरुमा चलेका सिनेमा सेन्टि भाईरस,आमा र अन्य विदेशि सिनेमाहरुमा पनि ४-५ जना मात्र सिनेमा हेर्ने मान्छे रहेको बताउभयो। मान्छे कोरोनाको डरले हलसम्म आईरहेका छैन भन्नु भयो ।
त्यहि बेला निर्माता दिनेश दर्शनधारीले भन्नुभयो “हामीले यो फिल्म पैसाको लागि रिलिज गर्न लागेका होईनौं, शिव दाईको ४० वर्षको करियर सँग जोडिएर बनेको फिल्म हो र पैसा भन्दा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन एउटा ईटा थप्ने काम प्रयास हुन्छ” भन्नुभयो।
त्यस पछि पैसा नआएपनि रिक्स लिन तयार भए, फिल्मको डिस्ट्रिब्युसन गर्न तयार रहेको बताउनुभयो, र फिल्म रिलिजको हाम्रो काम द्रुत गतिमा अगाडी बढ्यो।
हुनत हाम्रो फिल्म २०७६ जेष्ठको पहिलो हप्तानै रिलिज गर्ने तयारी थियो ।२०७६ माघ महिनामा नै पहिलो फेजको पोस्ट प्रडक्सनको काम काम सक्किसकेको थियो। मुभि र्रयाकका मनोज राज भण्डारीले केही कलाकारहरुको डविङ्ग बाँकी रहेको बताउनु भएको थियो। डाईरक्टरले कलाकारहरुलाई डबिङ्गमा बोलाउनु भयो रे तर धेरै कलाकारहरु डबिङ्गमा नआएको जानकारी डाईरेक्टरले दिनुभयो। चैत्र देखि कोभिडका कारण विश्व थप्प बन्न पुग्यो, लकडाउन सुरु भयो र हाम्रो कामहरु पनि रोकियो।
गोपाल कायष्थसँग माघको १५ गते मिटिङ्ग भएपछि डाईरक्टर दिपेश सापकोटा र पोस्ट प्रडक्सन् टिमलाई एक हप्ता मै सम्पुर्ण काम सक्काएर प्रडक्ट तयार गर्न निर्देशन दियौं। डविङ्ग बाँकी रहेका केहि कलाकारहरुलाई बोलाइयो, केहि कलाकारहरु आए केहि भने फिल्म सक्किएको छैन, पेमेन्ट दिएन भन्दै नकरात्मक र भ्रामक टिका टिप्पणी गर्दै हिडें। केहि कलाकारहरु विदेशमा भएका कारण उपस्थित हुन सक्नु भएन, उहाँहरुको ठाँउमा अन्य डविङ्ग आर्टिस द्वारा डविङ्ग गराईयो।
फिल्म सुटिङ देखि रिलिजसम्म हामीले भोगेका अन्य विषय समेटेर लेख्दै जानेछु ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता लिए : बस्नेत
- प्रधानमन्त्री ओलीद्वारा नेपाली सेनाको उच्च प्रशंसा
- भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप
- समाचार प्रभावः ‘जुम्लाले उच्च शिक्षा छात्रवृत्ति पायो’
- प्रधानमन्त्रीले राजीनामा नदिएकोमा प्रचण्ड-नेपालको आक्रोश, निर्वाचन आयोगलाई पत्र लेख्ने
- देउवा सरकार चलाउने जिम्मेवारी आए पछि नहट्ने, नेता पौडेल प्रतिपक्षमै बस्न रुचाउने
- मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने
- यसरी बढ्यो फेवातालको क्षेत्रफल दुई हजार पाँचसय रोपनी क्षेत्रफल
- खोप लगाएपछि सभामुख सापकोटाको सुझाव- निर्धक्क भएर लगाउनुस्
- इराकस्थित अमेरिकी सैनिक अखडामा १० वटा क्षेप्यास्त्र प्रहार
- जहाँका महिला डोको–डालो बनाएरै आम्दानी गर्दै घर चलाउँछन्
- प्रचण्ड, सभामुख सापकोटा लगायत सांसदहरुलाई कोरोना बिरुद्धको खोप
- नारी दिवसको अवसरमा रमाइलो खेल : श्रीमतीले श्रीमान् बोकेर दौडिने
- सरकार र चन्द समूहबीच पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख
- राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग
- सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने अध्यक्ष नेपालको प्रतिबद्धता
- फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा : मापदण्ड कायम गर्न निर्देशन
- क्रसर उद्योगीको मनोमानी, रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम
- आफूलाई राष्ट्रपति पदको लोभमा मुछेकामा वरिष्ठ नेता पौडेलको आपत्ति
- सभामुख सापकोटाद्वारा प्रतिनिधिसभा बैठक कक्षको अवलोकन
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


