आँधीका कारण जापानमा सातको मृत्यु

आँधी

सोमबार बिहान टोकियो हुँदै मध्य प्रशान्त महासागरको किनारमा पुगेको आँधी र बर्षाले मंगलबार बिहान सम्म सात जनाको मृत्यु भएको छ।

यस आँधीले त्यहाँको यातायात व्यवस्था देखि लिएर रेल्वे र हवाई उडानहरु पनि ठप्प भएको छ ।मौसम विज्ञान एजेन्सीले बताए अनुसार यसको केन्द्रमा ९५० हेक्टोपास्कलको वायुमण्डलीयका कारण प्रतिघन्टा १९८ किलोमिटरको बेगमा आँधी आएको थियो भने यस आँधीले पश्चिम जापानमा भारी बर्षा भएको थियो जसका कारण वाकयामा प्रान्त ४८ घन्टामा ८०० मिलिमिटर डुबेको थियो भने मी प्रान्त ७०० मिलिमिटर सम्म डुबेको थियो ।

सोमबार जापान एयरलाइन्स र अल निप्पोन एयरलाइन्सले १०० वटा भन्दा भन्दा बढि उडान रद्द गरेको थियो जसले २५ हजार भन्दा बढि यात्रीहरु प्रभावित भएका थिए । गत आइतबार भने फ़ुकुओकामा हावाहुरी र बतासको कारण एक निर्माण स्थल ढल्दा ६३ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

जापानमा आँधीबाट पाँचको मृत्यु, यातायात व्यवस्था ठप्प