आँधीका कारण बन्द भएको रेल सेवा मंगलार देखि सुचारु हुने

नान्काइ इलेक्ट्रिक रेल्वेका अधिकारिकले बताए अनुसार ओसाकाको कान्साई अन्तराष्ट्रिय विमानस्थल सम्म चल्ने रेल सेवा मंगलबार देखि सुचारु हुने भएको छ ।गत ४ सेप्टेम्बर आएको जोरदार आँधीका कारण एक जहाजको मुख्य भूभाग र हवाई उडान सम्म चल्ने रोड रेल पुलमा ठोक्किएको थियो जसको क्रममा पुल क्षतिग्रस्त हुँदा रेल सेवा ठप्प भएको थियो ।

रेल्वे ट्र्याकहरू बाधेर राख्ने एक ग्याटरको एक तर्फ़को भाग ५० सेन्टिमिटर सम्म सरेको थियो ।तर यस ग्याटरमा गम्भीर क्षति पुगेको थिएन र कर्मचारीहरुले यसलाई यसको पहिलाकै स्थितिमा पूर्ण निर्माण गरिसकेका छन् ।त्यसै गरि रेल्वे संचालन गर्ने भनेको तीन दिन अगाडीनै काम सम्पन्न भएकोले मंगलबार देखि नै सुरु गर्ने जानकारी आएको हो ।

अधिकारिकहरुले बताए अनुसार पुलमा रोड यातायात चलाउन अझै समय लाग्ने छ किन भने रोडलाई सम्हाल्ने वाला ग्याटर मध्ये एकलाई हटाइएको छ ।रेल सेवा सुचारु भए पछि हवाई उडान क्षेत्र सम्म पुग्न अलि सहज हुने छ ।कान्साई हवाई अड्डाको लक्ष्य २१ सेप्टेम्बेर सम्म यात्री टर्मिनललाई पूर्ण रुपमा संचालन गर्ने छन् ।