भियतनाममा आँधीबाट १०६ जनाको मृत्यु

भियतनाममा करिब एक हप्ता अघि आएको ‘डाम्रे’ नामक आँधीका कारण कम्तीमा पनि १०६ जनाको मृत्यु भएको छ । मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भीषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले शुक्रबार जानकारी दिएको छ ।

सो आँधीको कारण अझै पनि २५ व्यक्ति बेपत्ता रहेका दैवी प्रकोप व्यवस्थापन अधिकारीहरुले जनाएका छन् । शुक्रबार बिहानसम्म जारी सो आँधीबाट त्यहाँको भौतिक सम्पत्तिको पनि ठूलो क्षति पुगेको जनाइएको छ ।  डाम्रेबाट करिब दुई हजार वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ । त्यसैगरी करिब एक लाख २० हजार हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको छ ।

आँधीसँगै आएको बाढी र पहिरोले बिन्ह दिन्ह, फु येन, खान्ह होआ र क्वाङ नाममा गाडी गुड्ने बाटो र रेलयातायातमा क्षति पुर्याएको पनि अधिकारीहरुले जनाएका छन् ।  डाम्रे प्रभावित व्यक्तिहरुको लागि सङ्टकालीन मानवीय सहायता उपलब्ध गराउने चीन सरकारले शुक्रबार घोषणा गरेको छ ।

 

आँधीमा परी ३८ जनाको मृत्यु

मेक्सिकोमा आँधी

आँधीमा परी मेक्सिकोमा ३८ जनाको मृत्यु भएको छ । अर्ल नाम दिइएको उष्णकटिबन्धीय आँधीका कारण बाढी र पहिरो जाँदा उनीहरुको मृत्यु भएको जनाइएको छ ।

आँधीले देशको पूर्वी तटीय क्षेत्रमा बढी असर र्पुयाएको छ । प्यूएबला प्रान्त र वेराक्रुज प्रान्तका दूर्गम गाउँहरुमा पहिरो जाँदा थुप्रैं घर पुरिएका छन् । आँधीकै कारण ठूलो मात्रामा पानी परेको र नदीहरुमा बाढी आएको छ । (एजेन्सी)

यो पनि हेर्नुहोस्-आँधीका कारण ७८ जनाको ज्यान गयो