आँपको बिरुवा रोपी प्रधानमन्त्री ओलीले मनाए आफ्नो ६८औँ जन्मोत्सव

प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज(शनिबार) बिहान उहाँले स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा रोपेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

यसैगरी प्रधानमन्त्रीपत्नी राधिका शाक्यले भने जन्मोत्सवको अवसरमा अम्बाको बिरुवा रोपेकी छिन् ।सो अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए । प्रधानमन्त्री ओलीलाई बालुवाटार आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओली विसं २००८ फागुन ११ गते तेह्रथुमको इवामा जन्मेका थिए ।

लुटतन्त्र मच्चाउनेसँग सजग हुन प्रधानमन्त्री ओलीको आह्वान