आँपचौर सेवा समाजले तीजको बिषेश कार्यक्रम गर्ने

Teejहरेक वर्षजस्तै यस वर्ष पनि गुल्मीको आँपचौरबाट जापानमा बसोबास गर्ने नेपालीहरुको संस्था आँपचौर सेवा समाज जापानले नेपाली नारीहरुको महान पर्व हरितालिका (तीज)२०७३ को पुनीत अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

समितिको हालै बसेको बैठकले विगतका वर्षहरुमा जस्तै यस वर्षको तीज पनि भव्यरुपमा मनाउने निर्णय गरेकाले सम्पूर्ण जापानवासी आँपचौरे दाजुभाइ दिदी बैनीहरुलाई आमन्त्रण गरिएको छ ।

दरखाने तथा रमाइलो तीज नाचगान नाम दिइएको सो कार्यक्रम सेप्टेम्बर २ तारिख शुक्रबार राति ११ बजेदेखि इण्डियन नेपाली रेस्टुरेन्ट, मास्टर सेफ किचेनमा आयोजना हुनेछ । कार्यक्रममा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

आँपचौर सेवा समाजको नयाँ अध्यक्षमा महेन्द्रकुमार अधिकारी