१३ भन्दा बढी आइएस आतंककारी मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा शुक्रबार हसाक मिना जिल्लामा भएको हवाई कारबाहीमा परी १३ भन्दा बढी इस्लामिक स्टेट्सका आतंककारी मारिएका छन् । एक आधिकारीक स्रोतले त्यो जानकारी दिएको छ ।

शुक्रबार साँझ हसाक मिना जिल्लाको गगारी क्षेत्रमा भएको एक हवाई कारबाहीमा १३ आइएस लडाकू मारिएका प्रान्तीय गर्भनर आताउल्लाह ओगयानीले बताउए ।

यस कारबाहीको क्रममा सर्वसाधारण नागरिकको भने कुनै हताहती नभएको एक बताइएको छ । यस कारबाहीको विषयलाई लिएर आइएस आतंककारी समूहले हालसम्म भने कुनै टिप्पणी नगरेको छैन् ।

आइएसद्धारा अमेरिकी सैनिक क्याम्पमा रासाययनिक हमला

%e0%a4%86%e0%a4%87%e0%a4%8f%e0%a4%b8

इस्लामिक अतिवादी समूह आइएसले र्इराकस्थित एक अमेरिकी सैनिक क्याम्पमा रासायनिक रकेट आक्रमण गरेको छ ।

र्इराकको मसुल शहर नजिक रहेको क्वायरा एयर बेसमा आइएसले रासायनिक रकेट आक्रमण गरेको हो । सो क्याम्पमा सयौं अमेरिकी सैनिक बस्दै आए यो आक्रमणबाट भने कोही पनि घाइते नभएको जनाइएको छ । र्इराकमा रहेका संयुक्त सुरक्षा फौजमाथि आइएसले पहिलो पटक रासायनिक हतियार प्रयोग गरेको हो ।

यो आक्रमणबाट कुनै क्षति नभए पनि आइएसले अब अमेरिकी सैनिकलाई सताउने आँकलन गरिएको छ । अमेरिकी सेनालेसमेत सतर्कता अपनाइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले बीबीसीले जनाएका छन् ।

 


आइएससँग जोडिएकी बेलायती सुन्दर मोडल


 

सिरियामा कारबम आक्रमण ५२ को मृत्यु, १७० घाइत

सिरियामा कारबम आक्रमण इस्लामिक स्टे

कुर्दिसहरुको बलियो प्रभाव रहेका सिरियाको उत्तरपूर्वी सहरमा बुधबार भएका दुई वटा बम आक्रमणमा परी ५२ जनाले ज्यान गुमाईका छन् भने १७० जना घाइत भएका छन् । घाइतको अवस्था चिन्ताजनक भएकाले मृत्यु हुनेको संख्या बढन् सक्ने स्रोतले जनाएको छ ।

टर्कीको सीमा क्षेत्रनजिकै रहेको कमिसली सरहमा सो कारबम आक्रमण भएको थियो । यस आक्रमणको जिम्मा इस्लामिक स्टेट (आइएस)ले लिएको छ ।

यो पनि हेर्नुहोस्:-मानव तस्करीको नयाँ जुक्ति:सिरियाली शरणार्थी बनाएर लगिँदै नेपाली 

सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलनमा केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

यस गृहयुद्धमा आतङ्ककारी सङ्गठन अल कायदा र आइएस हाबी हुदै गयो । ती आतङ्ककारीले गरेका बारम्बारको आक्रमणमा परी सिरियामा सन् २०११ देखि हालसम्म दुई लाख ८० हजारभन्दा बढी व्यक्ति मारिएका छन् ।

त्यसैगरी यस आक्रमणमा लाखौँ व्यक्ति घाइते भएका छन् । लाखौँ व्यक्ति आफ्नो देशमा र छिमेकमा पर्ने देशमा शरणार्थीको जीवन बिताउन बाध्य भएका छन्

यो पनि हेर्नुहोस्:-तीन युवतीलाई सिरिया पुर्याएपछि…