ग्रान्डी अस्पतालको छैटौं तलाबाट हाम फालेर आत्महत्या

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत एक बिरामीले हाम फालेर आत्महत्या गरेका छन् । चैत २१ गतेदेखि भर्ना भई उपचार गराइरहेका स्याङ्जा आसुखर्क गाउँपालिका–८ घर भएका १७ वर्षीय कृष्ण क्षेत्रीले शुक्रबार साँझ हाम फालेका हुन् ।

अस्पतालको छैटौं तलाबाट हाम फालेर गम्भीर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । क्षेत्री क्यान्सर रोगबाट पीडित थिए ।

ट्रमा सेन्टरबाट हामफालेर अमेरिकी नागरिकले गरे आत्महत्या

वीर हस्पिटलको ट्रमा सेन्टरबाट हामफालेर अमेरिकी नागरिकले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार आत्महत्या गर्नेमा अमेरिकी नागरिक जोन छन् । उनको विस्तृत विवरण खुलेको छैन ।

यसअघि पनि उनले आत्महत्याको प्रयास गरेका थिए । उनी १६ चैतमा आफ्नै घाँटी काट्ने प्रयास गरेपछि हस्पिटल भर्ना भएका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

प्रेमीले फेसबुकमा अंकमाल गरेको तस्बिर हालेपछि निशाले गरिन् आत्महत्या

प्रेमीले बद्नाम गराएर फेसबुकमा तस्बिर राखेपछि गुल्मीमा एक युवतीले आत्महत्या गरेकी छन् । सिमिचौरका युवक कमल पाण्डेले स्थानयी १९ वर्षिया युवती निशा बस्नेतको फेसबुक आइडी बनाएर आफुसँगै रहेको तस्बिर राखेको आरोप लागेको छ । पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतकका आफन्तले फेसबुकबाटै पाण्डेले बारम्बार ज्यान लिने धम्की समेत दिने गरेको आरोप लगाएका छन् । बस्नेतले चुङ्गीको पासो लगाएको बताइएको छ ।

रेसुङ्गा नगरपालिका वडा नम्वर १० सिमीचौर तोलाङ्ग निवासी बस्नेत सदरमुकाम तम्घासको रेसुङ्गा बहुमुखी क्याम्पस कक्षा १२ मा अध्ययनरत थिईन् । मृतकका दाजु भरत बस्नेतले घटना छानविनका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका थिए ।

मृतककी साथी कमला गौतमले दुवैबीच लामो समय प्रेम सम्बन्ध रहेको बताएकी छन् । पाण्डेले धम्क्याउने गरेको पनि उनले जानकारी दिएकी थिइन् । ‘कहिले फोनमा बाझ्ने गर्थे, कहिले मिल्थे ।

पाण्डेले खेलेको फेसबुकको कभर फोटोमा दुवैले अंकमाल गरेको तस्बिर राखेका थिए ।

ऋण तिर्न नसकेपछि ८ वर्षीया छोरा मारेर आत्महत्या

धनगढी : गोदावरी नगरपालिका-२ अत्तरिया बजारछेउ बस्ने एक व्यक्तिले नाबालक छोराको हत्या गरी आत्महत्या गरेका छन् । ४१ वर्षीय विषेश्वर जोशीले ८ वर्षीय छोरा आरबको हत्या गरी झुन्डिएर आत्महत्या गरेको कैलाली जिल्ला प्रहरीले जनाएको छ ।
उनले श्रीमती भाइटीकाका लागि विराटनगरस्थित माइतीघर गएका बेला बुधबार साँझ छोराको हत्या गरी आत्महत्या गरेका हुन् ।
प्रहरीले उनको साथबाट सुसाइट नोट फेला पारेको छ । उनले धेरै ऋण परेको र तिर्न सक्ने अवस्था नभएकाले आत्महत्या गरेको उल्लेख गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी निरीक्षक ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।
आफूले लिएको ऋणले छोरोले भविष्यमा दुःख नपाओस् भनेर हत्या गरेको पनि सुसाइट नोटमा लेखिएको पाण्डेले बताए ।  जोशीले अत्तरियामा मदिरा पसल गर्दै आएका थिए ।
एकाबिहानै उठेर वरिपरि डुल्ने आरबलाई नदेखेपछि छिमेकीले उनको खोजी गरेका थिए । प्रहरीले बिहीबार बिहान ढोका तोडेर हेर्दा बालकको सिरानीले नाक–मुख च्यापेर हत्या गरेको अनि त्यसपछि बाहिरको कोठामा पंखामा झुन्डिएको अवस्थामा जोशीको शव फेला पारेको थियो । मृतककी पत्नी अजिता आएपछि मात्र पोस्टमार्टम हुने प्रहरीले जनाएको छ ।

आठौं पत्नीको हत्या गरी पतिले गरे आत्महत्या

रामेछापको भलुवाजोरका एक युवकले पत्नीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार राति उक्त घटना भएको हो ।

प्रहरी निरीक्षक राजकुमार थापाका अनुसार मन्थली नगरपालिका ६ भलुजाजोर कुभुण्डेका २७ वर्षीय आशमान तामाङले पत्नी चमेली तामाङको हत्या गरेको र आफूले बरण्डामा झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । चमेली २१ वर्षकी थिइन् । उनको शव घरको छिँडीमा भेटिएको थियो । थापाका अनुसार बाहिरी चोट कुनै नदेखिए पनि टाउको बजारेर उनको हत्या गरेको हुनसक्ने अनुमान छ । चमेलीको टाउकाको पछाडितिर केही भाग गिलो छ । शरीरका अन्य भागमा सामान्य चोटपटक देखिएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी घरमा सधैंझै झगडा गर्ने आशमानको स्वभाव थियो । उनले बाबु आमालाई पटक पटक कुटपीट गर्दै आएका थिए । बाबु आमालाई कुटपीट गरेको अभियोगमा उनी यसअघि २ पटक प्रहरी हिरासतमा बसेका थिए ।

घरमा पुगेपछि मादक पदार्थ सेवन गरी घरपरिवार र छरछिमेकसँग उनी जहिल्यै झगडा गर्थे । सोमबार पनि सोही क्रममा चमेलीको हत्या भएको अनुमान प्रहरीले गरेको हो । चमेली उनकी ८ औं श्रीमती थिइन् । यसअघिका ७ जना श्रीमतीहरु हिंसा खप्न नसकेरै छोडेर हिँडेका थिए । चमेलीलाई २०७३ असारमा खाँडादेवीको चोप्राङ्गबाट आशमानले विवाह गरेर ल्याएका थिए ।

यो पनि पढ्नुहोस्

छोरी बलात्कारीद्वारा हिरासतमै आत्महत्या

भारतमा ८ दिनमा ३४ किसानले आत्महत्या गरे

भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहले आत्महत्या गरेका छन् । राज्यका आठ जिल्लाका स्थानीय अधिकारीहरूले सङ्कलन गरेको विवरणमा यस्तो देखिएको भारतीय सरकारद्वारा सञ्चालित अल इन्डीया रेडियोले बिहीबार जनाएको छ ।
यही अगस्त छ देखि १३ सम्मको अवधिमा उनीहरूले आत्महत्या गरेको अधिकारीले जानकारी दिएका छन् ।
बर्षाको समयमा पनि औषत भन्दा कम बर्षा भएकोले बालीको उब्जनी कम हुने भन्दै कृषक चिन्तामा रहेको उनीहरूको भनाइ छ । किसानले कृषि ऋण र क्षतिपूर्ति मागिरहेका थिए ।
सन् २०१७ को सुरुदेखि अहिलेसम्म महाराष्ट्र राज्यभर झण्डै ५८० भन्दा बढी किसानले आत्महत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
गत हप्ता मात्रै भारतको आर्थिक राजधानी मुम्बईमा किसानले बृहत् प्रदर्शन गरेका थिए । उनीहरूले सरकारी जागिर र शैक्षिक संस्थामा कृषकका लागि छुट्टै कोटाको व्यवस्था गर्न पनि माग गरेका थिए ।
प्रदर्शनकारीले आफुहरूको ऋण मिनाह गर्ने सूचीमा राखिदिन पनि सरकारी पक्षसँग आग्रह गरेका छन् ।
महाराष्ट्र राज्यमा माराठा समुदायको एकतिहाई जनसङ्ख्या रहेको र उनीहरु अधिकांश कृषि पेशामा आवद्ध रहेका छन् । भारतमा पछिल्ला केही समय कृषिका लागि प्रतिकुल मौसम भएकाले कृषक पीडित भएका हुन् । कहिले सुख्खा हुने त कहिले अत्यधिक बर्षा भएर बाढीको असर पर्ने गरेको छ ।
जलबायु परिवर्तनका कारण गत तीन बर्षको अवधिमा भारतमा ५९ हजार भन्दा बढी जनाले आत्महत्या गरेको गत हप्ता सार्वजनिक भएको क्यालिफोर्निया विश्वविद्यालयको एक अध्ययनले देखाएको छ ।

टोकियो हाईजिमामा एक नेपाली युवाले गरे आत्महत्या


टोकियो हाईजिमामा तीस वर्षिय एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् ।

पोखरा रामबजार घर भई टोकियोमा अध्यायन रत तीस वर्षीय मुकेश थापा मगरले हाईजिमा स्थित स्थानीय पार्कमा पासो लागेर आत्महत्या गरेका हुन् ।

आत्महत्या गरेका थापामगरको शव जापान प्रहरीले तत्काल पार्कबाट लगेपछि उनका नजिकका साथीहरु घटनाको वारेमा बेखर  थिए ।

साथी भाइहरुसँग सम्पर्क विहीन थापामगरको बारेमा प्रहरीले फोटो देखाउदै पहिचान गर्न नेपाली समुदायको घनत्व भएको क्षेत्रमा पुगे पछि उनले आत्महत्या गरेको खुलको थियो ।

नाकानो स्कुल अफ विजनेश कलेजमा प्राविधिक शिक्षा सेनमन गाक्कोमा दोश्रो वर्षमा अध्यायनरत थापा मगर हालै नेपालमा विवाह गरी जापान फर्कीएका थिए । उनले किन आत्महत्या गरे भन्ने खुलेको छैन ।

यसैबीच हाईजिमाका नेपालीहरुले मृतक थापामगरको शवलाई परिवारको राय अनुसार जापानमै शद्गत गर्ने तयारी गरिएको  छ । टोकियो स्थित नेपाली दूतावास तथा गैरआवासीय नेपालीसंघ एनआरएनए जापानसँगको सल्लाह पश्चात मृतक शवको शद्गत गरिने हाईजिमाका एक नेपालीले जानकारी दिएका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा महिलाद्वारा आत्महत्या

राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छन् । वीर अस्पताल अन्तर्गत रहेको ट्रमा सेन्टरको पाँचौं तलामा उपचार गराइरहेकी बागलुङ मिसी गाविसकी जयकला घर्तीले सोही तलाको भ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

पोखराको मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि घर्तीलाई यही चैत ६ गते ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको थियो । महानगरीय प्रहरी वृत्त न्युरोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बिरामी कुरुवा निदाएको अवस्था पारेर घर्तीले झ्यालमा पासो लगाएर आत्महत्या गरेको बताए ।

फेसबुकमा जानकारी दिदैँ भाईले आत्महत्या गरेपछि…

आत्महत्या

एक युवकले सामाजिक संजाल फेसबुकमार्फत सूचना दिएरै आत्महत्या गरेका छन् । यतिमात्र नभई उनले आत्महत्या गरेको खबर पाए लगत्तै उनकी दिदी रेणुले पनि आत्महत्या गरेकी छन् ।

भारतको हरियाणा राज्यमा पर्ने करनाल बस्ने अजय नाम गरेका ती युवकले कल्पना चावला मेडिकल कलेजको छतबाट हामफालेर आत्महत्या गरेका हुन् ।

आत्महत्या गर्नुअघि फेसबुकमा उनले लेखेका थिए, ‘बाइ–बाइ लाइफ, बाइ–बाइ फ्रेन्ड्स, म आत्महत्या गर्न गइरहेको छु । त्यसैले सदाका लागि बाइ–बाइ ।’

उनको यो पोस्टमाथि साथीहरुले गम्भीरता भन्दा पनि मजाक उडाउँदै लाइक गरेका थिए । फेसबुकमा स्ट्याटस पोस्ट गरेको करिब दुई घण्टापछि उनले आत्महत्या गरेका हुन् ।

1471922647hariyana1 (1)

भारतीय संचारमाध्यमका अनुसार चार महिना अघि रेणुको विवाह भएको थियो । तर विवाहलगत्तै घरमा विवाद भएपछि उनी माइत बस्दै आएकी थिइन् ।

रेणुले प्रहरीमा यसबारे उजुरी पनि दिएकी थिइन् । उनले आफूमाथि घरमा प्रताडना हुने गरेको कारण देखाउँदै माइत बस्दै आएको समेत उजुरीमा लेखेकी थिइन् ।

रेणुले घरबाट झेलेको तनावका कारण उनका भाई अजय चिन्तित थिए । दिदीले भोगेको दुःख हेर्न नसकी अजयले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ । भाईले आत्महत्या गरेको खबर पाउनासाथ रेणुले पनि आत्महत्या गरिन् ।

यो पनि हेर्नुहोस्-गरिबीले बढाउँदैछ आत्महत्याका घटना

श्रीमतीको हत्या प्रयासपछि आत्महत्या

 हत्या प्रयासपछि आत्महत्याविदेशबाट आएको दुई घण्टामै अर्घाखाँचीको नुवाकोट गाविसमा आफ्नै बाबु र श्रीमतीको हत्या गर्ने प्रयासपछि एक युवकले आत्महत्या गरेका हुन् ।

नुवाकोट गाविस २ मरौदीका टेकबहादुर केसी १० महिनापछि कतारबाट घर आएका थिए । उनले घरमा आएलगत्तै श्रीमति २४ वर्षीया सिर्जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने प्रयास गरेका थिए ।

श्रीमती हत्या प्रयासपछि केसी आफैले घरनजीकै रहेको काभ्रोको बोटमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

श्रीमानको आक्रमणबाट घाइते भएको श्रीमती सिर्जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पतालबुटवलमा उपचार भइरहेको छ । उनको स्थिति खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ ।

उनीहरुका तीन वर्षकी एउटी छोरी छिन् । विदेशबाट आएलगत्तै उनले बुबा र श्रीमतीलाई सल्ला छ भनेर कोठमामा बोलाएका थिए । बाबुको घाटी न्याक्न थालेपछि बाबु भाग्न सफल भएका थिए भने उनले श्रीमतीलाई धारिलो बसिला प्रहार गरेका थिए ।

आजको अन्नपूर्ण पोष्ट दैनिक बाट

सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दो

यसबर्षको एसएलसीमा फेल हुँदा आत्महत्या गर्नेको संङ्ख्या कति ?

एसएलसी परीक्षामा अनुत्तीर्ण भएका ४ छात्रा र एक छात्र गरी ५जना विद्यार्थीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा तनहँ घर भएका १७ वर्षीय मनीषा पाण्डे, रुपन्देही बुटवल नगरपालिका ८ की १७ वर्षीय ममतम पभर, धादिङ मैदी ८ बस्ने १७ वर्षीय सुनि ल भारती, मोरङ उर्लाबारी ७ बस्ने लक्ष्मी खड्का र धनकुटा चानुवा ३ बस्ने २० वर्षीय मनिका पाचकोटी रहेका छन् ।

पाण्डे शनिबार आफ्नै घरको माथिल्लो तलाको बलोमा चुन्नीको पासो लगाई झन्डिएर आत्महत्या गरेको अवस्थामा फला परेकी थिइन् । त्यसैगरि शुक्रवार भारती केराबारी जंगलको रुखमा डोरीको पासो लगाई तथा खड्का आफ्नै घरको भान्सा कोठाको बलोमा सलको पासो लगाई झन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।

उता यसै गरी कपिलवस्तु कृष्णनगर नगरपालिका २ शिवनगर बस्ने १७ वर्षीय खुस्वु गुप्ता आइतबार विहान आफ्नै घरको पूर्वतर्फ रहेको बाँसको बलोमा प्लास्टिकको फित्ताले पासो लगाई झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिईन् ।सर्लाही हजरिया २ बस्ने २८ वर्षीय कुमार थापा आइतबार आफ्नो घरनजिकै रहेको बकैनाको रुखमा नाइनलको डोरीको पासो लगाई आत्महत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।