पत्रकारले गरे सुसाइड नोट लेख्दै आत्माहत्या

नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद तथा पुर्ण स्मारक उच्च मावि गोदकका प्राचार्य विमल प्रधानले चियामा प्रयागहुने किटनाशक विषादी प्रयोग गरेर आत्महत्या गर्नु भएको छ।

सुर्योदय नगरपालिका आइतबारेको विरेन्द्र माविमा एसएलसीको केन्द्राध्यक्ष रहेका प्रधानले परीक्षा सकेर आफ्नो मुलघर समाल्बुङ जाने क्रममा बाटोमा विषादी सेवन गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक पदम थपलियाले बताउँनु भएको छ।प्रधान परीक्षा सकेर सहयोगी छ तर गुरुङ्गका साथमा पशुपतिनगर पुग्नु भएका थिए।

बाटोमा फिक्कलको एक एग्रोभेटबाट चियामा हाल्ने विषादी खरिद गरेर गोजीमा हालेको र पशुपतिनगरको फाटकमा पुगेर गुरुङ्गलाई मोटरसाईकल र ब्लुबुक फिर्ता गरेको प्रहरीले जनाएको छ। ब्लुबुक भित्र तीन पेजको सुसाइड नोट लेखेर राखेको शिक्षक विनोद अधिकारीले भेटेपछि प्रहरीलाई जानकारी गराउनु दभएको थियो।

प्रहरीले नोट फेला पारेपछि दिउसो तीन बजेबाट उनको खोजी शुरु गरेको थियो। साझ ६ बजे दाजु पुर्ण प्रधानका छोराले मेची बजार नजिक बोल्न नसक्ने अवस्थामा उनलाई फेला पारेको हो।त्यसपछि फिक्कल स्थित स्वास्थ केन्द्रमा प्राथमिक उपचार गरेर झापाको मनमोहन मेमोरीयल अस्पतालमा पठाएका उनको सोमबार राती मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।