आत्मा बनेकी अनुष्कासंग भिडियो च्याट गर्न पाइने

अभिनेत्री अनुष्का शर्माले सिनेमा फिल्लौरी प्रमोशनको नयाँ तरिका अपनाएकी छिन् । आफ्नै लगानी रहेको यो सिनेमामा उनी एक आत्माको भूमिकामा छिन् ।

उनी यो सिनेमा प्रमोशनको लागि ह्वाट्सऐपमा फ्यानहरुसँग जोडिने भएकी छिन् । उनको ह्वाट्सऐप नम्बर ९८६७४७३१७८ हो जसबाट फ्यानहरु भिडियो च्याटमा जोडिन सक्नेछन् ।

सिनेमामा अनुष्का शशि को भूमिका छिन् जो एक आत्मा हुन्छ । फक्स स्टार स्टुडियोकी मार्केटिङ अफिशर शिखा कपूरले सिनेमा प्रमोशनको नयाँ स्वाद चाख्न चाहेका कारण यो तरिका अपनाएको बताएकी छिन् ।