आदित्यसँग कट्रिना नजिक हुँदा के तनावमा छन् रणवीर ?

अभिनेता रणवीर कपुरसँग व्रेकअपपछि अहिले अभिनेत्री कट्रिना कैफको सम्बन्ध अर्का अभिनेता आदित्य रोय कपुरसँग जोडिन थालेको छ । कैफ र आदित्य राती पार्टी गर्दै गरेको अवस्थामा भेटिन्छन् । यसले, कैफका पूर्व प्रेमी रणवीर कपुरलाई कतै असर त गरेको छैन भन्ने चर्चा बलिउडमा चल्न थालेको छ ।

aditya-kat-ranveer

रणवीर र आदित्य निकै मिल्ने साथी हुन् । तर, रणवीर नयाँ घरमा सर्दा आयोजित पार्टीमा आदित्य पुगेनन् । बरु, सो समयमा कैफ आदित्यको घरमा थिइन् । रणवीरको खुशीमा आदित्य र कैफ पुगेनन् ।आदित्य नपुगेपछि रणवीर र उनको सम्बन्धमा दरार आएको सम्मको चर्चा थियो । के, कैफ र आदित्यको सम्बन्धका कारण रणवीरलाई असर परिरहेको छ ?

भारतीय मिडियाका अनुसार रणवीर र आदित्यविच कैफको कारणले कुनै पनि असर परेको छैन । रणवीर अहिले पूर्ण रुपमा आफ्नो करिअरमा फोकस छन् । उनी नयाँ फिल्मको तयारीमा छन् । जसले गर्दा, उनलाई आदित्य र कैफको नयाँ वोन्डिङले असर गरेको छैन ।