आदिबासी जनजाती महासंघ किता कान्त्तोको तोचिगीक्षेत्रको अघ्यक्षमा ‘डेनी शेर्पा’

नेपाल आदिवासी जनजाती महासंघ जापानको किता कान्तो क्षेत्रीय समिति गठन भएको छ । जापानको किता-कान्तोमा गत आईतबार तोचिगीमा सम्पन्न भेलाले डेनी शेर्पाको नेत्रित्वमा क्षेत्रिय समिती बिस्तार गरेको हो ।

अधिबेशनले नेत्रृत्वमा क्रमश उपाध्यक्ष कुलमान तामाङ,सचिब भुवन थापा मगर,सह-सचिब शिवराज राई,कोषाध्यक्ष सुमन चोङ्बाङ्,सह-कोषाध्यक्ष ओम गुरूङ्,सदस्यहरू सरोज तामाङ्,प्रकाश वनेम,निङ्मा शेर्पा,नबराज श्रेष्ठ,अविनाश घिसिङ सर्बसहमतीले ११ जनाको क्षेत्रिय समिती गठन गरिएको अध्यक्ष डेनीले नेपाल जापान जापान डट कम लाई बताए ।

त्यसै गरी सल्लाहकारहरूमा लाल बहादुर गुरूङ,तुल बहादुर सोराङ्कोटी,राम गुरूङ र डिबि दोर्जे लामा रहेका छ्न । जापानमा आदिबासी जनजाती महासंघको क्षेत्रिय समिती गठन ऐतिहासिक भएकोले यसले असल र राम्रा काम गर्ने भन्दै एकताबद्द,सद्भाब र सहकार्य गर्दै अघि बढ्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

एनआरएनए जापानको नवनिर्वाचित टोलीको शपथग्रहण (भिडियो/फोटोसहित)