आनन्द र गरिमाको ”मेरो आखा मेरो बोली”

प्रबासमा रहेपनि नेपाली गीतसंगीतलाई माया गर्ने गायिका गरिमा केसीको रोमान्टिक गीतको रेकर्डिङ सकिएको छ ।पुतलिसडकको म्युजिसियन स्टुडियो मा अहिलेका लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ ।

‘मेरो आखा मेरो बोली कस्तो लाग्यो तिमीलाई ‘ बोलको गीतमा गजल सम्राट आनन्द कार्की र गरिमा केसीको स्वर रहेको छ

उक्त गीतमा दिग्गज धौरालीको शब्द रहेको छ । भिडियो छिट्टै नै सार्वजनिक हुने गायिका केसीले बताइन् ।