आनी छोइङको एकता र आशा युएस यात्रा

‘एकता र आशा युएस यात्रा २०१७’ नामक सांगीतिक कार्यक्रमको लागि चर्चित गायिका आनी छोइङ अमेरिका आउँने भएकी छन् । वासिन्टन डीसी शहरमा २४ जुनमा साँझ ७ बजे आयोजना हुने कार्यक्रम तामांग सोसाइटी अफ ग्रेटर डिसी तथा गैर मुनाफा संस्था म्यासिकको सहकार्यमा हुन लागेको हो ।

डिसी स्थित लिस्नर अडिटोरियममा हुने एकल प्रस्तुतिमा उनले बिभिन्न गीत सुनाउने छिन् । यो क्रममा उनले अमेरिकाको विभिन्न राज्यहरुमा एकल गायन तथा प्रस्तुति समेत दिने तय भएको छ ।

नेपालमा संचालनमा रहेका आनीका परियोजनाहरु आरोग्य फाउन डेसन ,आर्य तारा पाठशाला लगायत अन्यलाई समेत सहयोग जुटाउने हेतुले युनिटी एण्ड होप युएस टुर २०१७ आयोजना गरिएको आयोजकले जनाएको छ ।

सो अवसरमा आनीले फुलको आँखामा फुलै संसार, बटुवा हो बटुवा, जय होस् तिम्रो मंगल होस्, ओम माने पेमे ,ओम तारे , हुन्छ मलाई बिहान त्यो क्षण , ईक्षा मेरो ,हे भगवान जस्ता गीतहरु राख्नेछिन् ।कार्यक्रममा गीतारमा न्हू बज्राचार्य ,बाँसुरीमा रमण महर्जन तथा गितारमा गोपाल रसाईलीले साथ दिनेछन् ।