आन्दोलन छोडेर बाढी प्रभावित क्षेत्रमा जान डा केसीको अनुरोध

तीन हप्तादेखि आमरण अनशनमा रहनुभएका प्राडा गोविन्द केसीले आफ्नो समर्थनमा आन्दोलन गरिरहेका चिकित्सकहरुलाई बाढीपहिरो प्रभावित क्षेत्रमा गएर उपचारात्मक सेवामा लाग्न अनुरोध गर्नुभएको छ ।

यतिबेला सरकारी स्वास्थ्इ संस्थाका चिकित्सकहरु आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा रहेका छन् । डा केसीले मुलुकको विषम परिस्थितिलाई ध्यान दिँदै तत्काल सम्पूर्ण बन्दका कार्यक्रम स्थगित गरेर बाढीपहिरो पीडितको उद्घारमा लाग्न अपिल गर्नुभएको हो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले डा केसीले फोन गरेर तुरुन्त बन्दका कार्यक्रम स्थगित गरेर उद्घारमा लाग्न अनुरोध गरेको जानकारी दिनुभयो ।

डा. श्रेष्ठले संघले आकस्मिक बाहेकका सेवा बहिष्कारको निर्णय हाल स्थगित गरेको समेत जानकारी दिनुभयो ।

डा. गोविन्द केसीको समर्थनमा देशभरका चिकित्सक आन्दोलित