संशोधन अघि चुनावको मिति घोषणा गरे आन्दोलनः मोर्चा

संघीय लोकतान्त्रिक मधेशी मोर्चाले निर्वाचनको मिति घोषणा भएकै दिन आन्दोलनमा जाने चेतावनी दिएको छ । सरकारले आगामी जेठ २१ गते भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तयारी गरिरहेका बेला मधेसी मोर्चाले आन्दोलनमा जाने चेतावनी दिएको हो । तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालय बिजुली बजारमा बिहीबार बसेको मोर्चाको अनौपचारिक बैठकले संविधान संशोधन प्रस्ताव पारित नभई सरकारले निर्वाचनको मिति घोषणा गरे सोही दिनबाट आन्दोलनमा जाने निर्णय लिएको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेसी मोर्चालाई पन्छाएर गरिने कुनै पनि निर्वाचन स्वकार्न नसकिने अडान दोहोर्याए । उनले मोर्चाको माग सम्बोधन नगरी निर्वाचन गर्न खोज्नु भनेको सरकारले झगडाका लागि निम्तो दिनु सरह हुने टिप्पणी पनि गरे । मोर्चाले संविधान संशोधनबिना कुनै पनि हालतमा निर्वाचनमा सहभागी नहुने बताउँदै आएको छ ।

संविधानसभाबाट संविधान जारी हुनुभन्दा पहिलेदेखि नै संविधानविरुद्ध आन्दोलन गरेको मोर्चाले संविधान संशोधनलाई अहिले बटमलाइन बनाएको छ । सरकारले व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रहितमा नरहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलले विरोध गर्दै आएका छन् । दलहरुबीच संविधान संशोधन पहिले कि निर्वाचन भन्नेमा लामो समयदेखि विवाद हुँदै आएको छ । मधेसी मोर्चाले प्रदेशको सीमाना, नागरिकता, भाषा, राष्ट्रियसभामा प्रतिनिधित्वलगायतका विषयमा संविधान संशोधन नभई निर्वाचनमा जान नसकिने जिकीर गर्दै आएको छ ।

को हुन् सलमानकी फस्ट लभ ?

सलमानकी फस्ट लभ

बलिउड फिल्ममा सन् १९९० को दशकतिर ९ ठूला फिल्म खेलीसकेकी नायिका हुन् सोमी अली । राम्री अभिनेत्रीमध्येमा पर्ने उनका धेरैजसो फिल्म ठूलो बजेटका थिए तर धेरै मानिसको स्मृतिमा रहेनन् ती फिल्म ।

आन्दोलन, यार गद्दार, अन्त र आओ प्यार करे फिल्महरु त्यही सूचीमा रहे। सलमान खानसँग प्रेममा रहेकी उनले सञ्जय दत्त, ओम पुरी, सुनिल सेट्टी र सैफअलिजस्ता स्थापित हिरोहरुको अपोजिटमा रहेर काम गरिन् ।

सलमान खानको पहिलो प्रेमिकाका रुपमा उनलाई चिनिन्थ्यो। तर जब सलमानसँग उनको ब्रेक अप भयो उनी फ्लोरिडा गइन् र बलिउडमा फर्केर हेरिनन्। उनको अहिले आफ्नो क्लोदिङ छ । सो मि डिजाइन्स र, एक मुनाफारहित संस्था नो मोर टिअर्समा उनी सक्रिय छिन्।

यो पनि हेर्नुहोस्-सलमानको मन अब कट्रिना छोडेर दिपिकातिर मोडियो