अस्ट्रियाको आन्द्रिज हाइड्रो नेपाल आउन

636137850840769038
आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने उद्देश्यले पहिलो पटक ग्राहक दिवस ‘कस्टमर डे’ मनाएको छ । आन्द्रिज हाइड्रो जलविद्युत् गृह निर्माणका लागि उपकरण आपूर्ति गर्ने अन्तर्राष्ट्रिय साझेदार कम्पनी हो ।

‘हाइड्रोपावर सोलुसन फर नेपाल’ नाम दिइएकोे उक्त कार्यक्रमको उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले शुभारम्भ गरे । दुई दिनसम्म चल्ने उक्त गोष्ठीले कम्तीमा दुईरतीन महिनाभित्र नेपालमै यसको कार्यालय खोल्ने कुरा तय गर्ने बताइएको छ ।

अस्ट्रियामा मुख्य कार्यालय रहेको उक्त कम्पनीले विश्वका करिब ६० देशमा आफ्नो कार्यालय विस्तार गरिसकेको छ । विश्वभरमा जलविद्युत् निर्माणका लागि आवश्यक विद्युतीय सामग्री उपलब्ध गराउँदै आएको उक्त कम्पनीले नेपालको कुलेखानी जलविद्युत् परियोजनाका लागि काम गरिसकेको छ ।

यसबाहेक माथिल्लो तामाकोसी, मध्य मस्र्याङ्दीलगायत राष्ट्रिय गौरवका मुख्य आयोजनासहित करिब १००० मेघावाटका लागि आन्द्रिजको सहकार्य छ । जसमध्ये १२० मेघावाटको काम भइसकेको छ ।

उपप्रधान तथा अर्थमन्त्री महराले आन्द्रिजको कार्यालय विस्तारले नेपालमा जलविद्युत् लगानीको सम्भावनामा वृद्धि हुने बताउँदै यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताए । रासस

यो पनि हेर्नुहोस्-चिनियाँ कम्पनीलाई काबेली ‘ए’ जलविद्युत् निर्माणको जिम्मा

आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने

आन्द्रिज हाइड्रो

जलविद्युत् गृह निर्माणका लागि उपकरण आपूर्ति गर्ने अन्तर्राष्ट्रिय साझेदार कम्पनी आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने उद्देश्यले पहिलो पटक ग्राहक दिवस‘कस्टमर डे’ मनाएको छ ।

‘हाइड्रोपावर सोलुसन फर नेपाल’ नाम दिइएकोे उक्त कार्यक्रमको बिहिबार आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले शुभारम्भ गर्नुभयो । दुई दिनसम्म चल्ने उक्त गोष्ठीले कम्तीमा दुई÷तीन महिनाभित्र नेपालमै यसको कार्यालय खोल्ने कुरा तय गर्ने बताइएको छ ।

अस्ट्रियामा मुख्य कार्यालय रहेको उक्त कम्पनीले विश्वका करिब ६० देशमा आफ्नो कार्यालय विस्तार गरिसकेको छ । विश्वभरमा जलविद्युत् निर्माणका लागि आवश्यक विद्युतीय सामग्री उपलब्ध गराउँदै आएको उक्त कम्पनीले नेपालको कुलेखानी जलविद्युत् परियोजनाका लागि काम गरिसकेको छ ।

यसबाहेक माथिल्लो तामाकोसी, मध्य मस्र्याङ्दीलगायत राष्ट्रिय गौरवका मुख्य आयोजनासहित करिब १००० मेघावाटका लागि आन्द्रिजको सहकार्य छ । जसमध्ये १२० मेघावाटको काम भइसकेको छ ।

उपप्रधान तथा अर्थमन्त्री महराले आन्द्रिजको कार्यालय विस्तारले नेपालमा जलविद्युत् लगानीको सम्भावनामा वृद्धि हुने बताउँदै यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो ।

चिनियाँ कम्पनीलाई काबेली ‘ए’ जलविद्युत् निर्माणको जिम्मा