आन्ध्रप्रदेश रेल दुर्घटना, मर्नेको संख्या ३२

train-accident

एक यात्रुवाहक रेल भारतको आन्ध्रप्रदेश राज्यमा दुर्घटना हुँदा कम्तीमा पनि ३२ जनाको मृत्यु भएको र ५० जना भन्दा बढी घाइते भएको छ ।

बीबीसीकाअनुसार राज्यको भिजियानागाराम जिल्लाको कुनेरु स्टेशननजिक हिराखण्ड एक्सप्रेस रेलका २२ मध्ये ९ डिब्बाहरु लिकबाट बाहिर आएका थिए ।

सो रेल जगदालपुरबाट उडिसा राज्यको भुवनेश्वर जाँदै थियो । धेरै मानिसहरु अझै च्यापिएका र उनीहरुलाई निकाल्ने प्रयास भइरहेको बताइएको छ । रेल दुर्घटनाको कारण भने अझै पत्ता नलागेको बताइएको छ ।