आपराधिक समूहले गोली हानी हेलिकप्टर खसाल्दा चार प्रहरीको मृत्यु

brazil

ब्राजिलमा एक आपराधिक समूहले गोली हानी हेलिकप्टर खसाल्दा चारजना प्रहरी अधिकारीको ज्यान गएको छ ।

रियो दि जेनेरियोको गड फावेला शहरमा आपराधिक समूहले गोली हान्दा प्रहरीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।  गोली लागेपछि हेलिकप्टर ढुंगा जस्तै गरी खसेको भिडियो फुटेजमा देखिएको छ । गुण्डा समूह विरुद्ध कारवाही अभियानमा रहेका प्रहरीलाई साथ दिएको हेलिकप्टरमा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका प्रवक्ताले दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको बताएका छन् । फावेलामा लागुऔषध तस्करीमा संलग्न समूह र प्रहरीबिच झडप हुने गरेको छ ।


अर्जेन्टिना माथि ब्राजिलको एकतर्फी जित (भिडियो सहित)