आपसी विवादका कारण श्रीमतीले गरिन श्रीमानको हत्या

यो भारतको कैमुर जिल्लाको चैनपुर क्षेत्रको हो, यहाँ एक महिलाले आपसी विवादमा आफ्ना श्रीमानको घाँटी थिचेर हत्या गरेकी रहेछिन्। यो घटनाको जानकारी त्यतिबेला भयो जतिबेला गाउँका केही मानिस राजूलाई काममा जानकालागि बोलाउन गएका थिए।

घटना सार्वजनिक भएपछि सो क्षेत्रमा हल्लाखल्ली भएको थियो । राजुका घरमा पुगेका उनका साथीहरुका अनुसार राजुको शव खाटमा थियो भने उनकी श्रीमती छेउमा बसेर आफ्नो कपाल कोरिरहेकी थिइन्। यो घटनाको जानकारी गाउँलेले प्रहरीलाई गराए। प्रहरी घटनास्थलमा पुग्यो र शवको पोस्टमार्टम पनि गर्यो।

प्रहरीले हत्याको आरोपमा उनकी श्रीमतीलाई पक्राउ गरेको छ। छिमेकीका अनुसार उनीहरुबीच दैनिकजसो झगडा भइरहन्थ्यो। बिहीबार विहान पनि दुवैबीच निकैबेर झगडा भएको थियो। त्यसपछि राजु घरमा सुतेका थिए। अनि श्रीमतीले सुतेकै स्थानमा उनको घाँती थिचेर हत्या गरेकी थिइन्।