आपसी सम्बन्ध सुधार गर्ने जापान र चीनको लक्ष्य

एशिया प्रशान्त क्षेत्रमा दुइ देशको भिडन्तमा वदलाव नआएपछि जापान र चीन २०१८ मा आपसी आर्थिक फाइदाका लागि सम्बन्ध सुधारमा केन्द्रित हुने भएका छन् ।

आगामी वर्ष दुइ देशवीच शान्ति र मित्रता सन्धिको ४० वर्ष पुरा हुने अवसरमा जापानी प्रधानमन्त्री शिन्जो आबेचीनियाँ राष्ट्रपति सी जिङ पिङले नोभेम्बरमा भियतनाममा भएको द्विपक्षीय सम्बन्ध सुधार सहमतिलाइ कार्यान्वयन गर्ने सहमत भएका छन् । २०१८ मा दुइ देशवीचको सुमधुर सम्बन्ध देख्न सकिने आबेले बताएका छन् । राजनैतिक साझेदारीबाट दुवै देशलाइ आर्थिक लाभ हुने कुरा भने प्रष्ट छ ।

आबे प्रशासनको आर्थिक विकासको अवधारणालाइ चीनको बजारले प्रवर्धन गर्न सक्छ भने चीनलाइ पनि जापानको प्रविधिबाट निकै लाभ हुन सक्छ । टोकियोले लामो समयदेखि स्वतन्त्र तथा खुला इण्डो प्रशान्त क्षेत्रको अवधारणा संग मिल्दो पुर्वाधार विकासका लागि चीनको वान वेल्ट वान रोड परियोजनाको समर्थन गर्ने निर्णय आबेको सरकारले डिसेम्बरमा गरेको थियो ।

वान वेल्ट वान रोडबाट नेपाल लाभान्वित हुन चाहन्छ : मन्त्री डा महत