आफूले गरेको फोहर आफैं उठाएर रुसमा जापानी दर्शकले देखाए उच्च संस्कार

हामी सबैलाई थाहा छ रंगशालाको खेल होस् वा कुनै थियटरको सांगीतिक कार्यक्रम, त्यहाँ बसेर रमाइलो गर्नेहरुले खाएका खानेकुरा र पेय पदार्थका फोहरहरु त्यत्तिकै छाडेर हिंड्छन् ।

अहिले रुसमा विश्वकप फुटबल चलिरहेको छ र त्यहाँ रंगशालाहरुमा दर्शकले गर्ने फोहरले चिन्ता थपिरहेका बेला मंगलबार जापानी दर्शकहरुले आफ्नो देशले पाएको खुसीमा जति उमंग बाँडे उति नै सचेत देखिए आफूले गरेको फोहर व्यवस्थापन गर्न ।

जापानी दर्शकहरुको आफ्नो देशको पहिलो खेल उत्कृष्ट रहेर दक्षिण अमेरिकन टोली कोलम्बियालाई २-१ ले जित हासिल पारेपछि जापानिज दर्शकको लागि खुशीको ओइरो लागेको जस्तो भएको थियो ।

तर आफ्नो टोलीले कोलम्बियालाई हराएपछि जापानी समर्थकले आफ्नो संस्कार भुलेनन् र आफूले खाएर फलेका फोहोरहरु आफैले टिपेर व्यवस्थापन गरेका थिए ।

जापानी दर्शकहरुले रंगशालामा आफैले ठूला फोहोर हाले झोला बोकेर आएका थिए र खेल सकिएपछि आफू बसेको ठाउँ खेल सुरु हुनुभन्दा अगाडी जस्तो थियो त्यस्तै बनाएर हिंडेका थिए ।

हुन त जापानी समर्थकहरुले पहिलोपटक आफुले गरेको फोहर आफैं सफा गरेको यो नै पहिलो पटक भने हैन । उनीहरु आफ्नो राम्रो व्यहोरा जहाँ गए पनि देखाउने गरेका छन् ।

जापान केन्द्रित फुटबल पत्रकार स्कट म्याक लिन्टायरले बिबिसीलाई बताए अनुसार यो फुटबलको संस्कृति मात्र नभएर जापानी संस्कृतिको पनि एक हिस्सा हो ।

यस्तो थियो जापानले कोलम्बियाविरुद्ध गरेको गोल (भिडियो सहित)