आफू र प्राधिकरणका कार्यकारी निर्देशकबीच मतभेद नभएको उर्जामन्त्रीको भनाइ

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले वर्तमान सरकार नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने विषयमा गम्भीररुपमा लागि परेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले ऊर्जा क्षेत्रमा कम पूँजी लगानी भइरहेकाले सरकारले बाह्य लगानीको वातावरण तयार गर्न लागि परेको बताउनभयो ।

उहाँले आफू र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबीच कुनै मतभेद नरहेको बताउनुभयो । मन्त्री शाहीले क्षमतावान् व्यक्तिले आफ्नो क्षमता प्रदर्शन गरिसकेको बताउँदै उहाँलाई हटाउनुपर्ने कुनै कारण नभएको दाबी गर्नुभयो ।

जलाशययुक्त बूढीगण्डकी मुआब्जा वितरण गर्न रु १६ अर्ब बजेट निकासा गरिसकेको जानकारी दिँदै उहाँले सम्पूर्ण मुआब्जा वितरण गर्न रु ६० अर्ब आवश्यक रहेको र आव वर्ष २०७५÷७६ मा सबैलाई मुआब्जा भुक्तानी गर्ने जानकारी दिनुभयो ।

लोडसेडिङ गराउनेलाई कारवाहीः ऊर्जामन्त्री शाही