आफैंले हटाएका झालाई त्यही पदमा नियुक्ति गर्नुको कारण के हो ?

सुरुमा आफैले नेपाल दूरसञ्चार प्राधिकरणबाट हटाइएका दिगम्बर झालाई पुनः सोही पदमा नियुक्त गरेपछि विकास समितिले सो नियुक्तिबारे सरकारसँग जवाफ माग गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

सरकारले भदौ २१ गते प्राधिकरणको अध्यक्षमा झालाई नियुक्त गर्ने निर्णय गरेको थियो । केपी ओलीको नेतृत्वमा सरकार गठन भएसँगै संचार मन्त्रालयले झालाई अविश्वास गर्दै कुनै पनि काम अघि नबढाउन निर्देशन दिएको थियो ।

त्यसपछि असार २१ गते भदौ पछिका देउवा सरकारले गरेका सबै नियुक्ती खारेज गर्ने सरकारको निर्णयपछि झा पनि बर्खास्तीमा परेका थिए ।

त्यसपछि झाले मुद्दा फिर्ता लिएपछि संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले झालाई नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि खुल्ला प्रतिस्पर्धाबाट मात्र प्रस्ताव ल्याउन भनेपछि सार्वजनिक सूचना निकालिएको थियो ।

समितिले सुचना निकालेपछि त्यसमा अध्यक्ष पदका लागि झासँगै नेपाल सरकारका पूर्व सचिव शुशिल घिमिरे, प्राधिकरणमै कार्यरत आनन्दराज खनाल, पुरुषेत्तम खनाल, धिकरणमा सदस्य चन्द्रमणनी चौलागाइ र नेपाल टेलिकमका पुर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले पनि आवेदन दिएका भए पनि जिम्मेवारी भने झाकै पोल्टामा परेको थियो ।

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः दिगम्बर