आफ्ना दुइ नातिनीको लागि अमिताभले लेखे भाबुक पत्र

बलिउड अभिनेता अमिताभ बच्चनले आफ्ना २ नातिनी नव्या नवेली र आराध्यालाई एक पत्र लेखेका छन् । अमिताभले लेखेको भावानात्मक पत्रमा आफ्ना २ नातिनीलाई आफू महिला भएको नविर्सन आग्रह पनि गरेका छन् ।

amitabh-natini

उनले लेखेका छन्-‘तिमीहरु महिला हौ । यसैले मानिस तिमीहरुमाथि जर्वजस्ती आफ्नो विचार लाद्न खोज्नेछन् । तर, यो कुरा नमान्नु ।’अमिताभले पत्रमा लेखेका छन्-‘मानिसलाई मुल्यांकन गर्ने बाटो नदिनु । आफ्नो सोच देखेर नै फैसला गर्नु ।

कसैलाई पनि यति धेरै हाबी हुन नदिनु कि, तिमीहरुको स्कर्टको लम्बाई नै तिमीहरुको क्यारेक्टर छेक्ने आधार हो । कसैलाई तिमीहरुको साथी कस्तो हुनेछन् भनेर सल्लाहा दिने अनुमती पनि नदिनु ।’

अमिताभलाई सम्झना आयो भक्तपुरको (भिडियोसहित)