आफ्नै छोरी बलात्कार गर्ने बाबु प्रहरीको फन्दामा

आफ्नै छोरी बलात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । ओखलढुंगा सुनकोशी गाउँपालिका ७ केउरीनी बस्ने ३६ वर्षीय पुरुषलाई आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्तले छोरीलाई जवरजस्ती करणी गरी एक घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता सुनसरीबाट १५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा केरावारी गाउँपालिका ५ देवीटार बस्ने २७ वर्षीय अशु कामी लाई प्रहरीले पक्राउ गरेको छ ।

कामीले सुनसरी धरान उपमहानगरपालिका ६ पानमारी सिमलचोक बस्ने बालिकालाई जवरजस्ती करणी गरेको भन्ने पीडित परिवारको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

छोरी बलात्कारीद्वारा हिरासतमै आत्महत्या