आफ्नै प्रेमिकाले गीत गाउने भईन सलमानको फिल्ममा

सलमान खानलाई बलिउडमा उदार दिल भएका नायक मानिन्छ । जब उनी कसैसँग खुशी हुन्छन्, उसलाई कुनै पनि मौका दिन बाँकी राख्दैनन् । झन् आफ्नै गर्लफ्रेन्डलाई त मौका नदिने कुरै भएन ।

salman-lu

खबरअनुसार सलमानको नयाँ फिल्म ट्यूबलाइटमा एउटा गीत समावेश गरिने भएको छ, जसलाई उनकी गर्लफ्रेन्ड यूलियाले गाउनेछिन् । त्यसो त रोमानीयाकी मोडेल यूलिया आफैंमा एक राम्री गायिका पनि हुन् । उनले केही समयअघि हिमेश रेशमियासँग मिलेर एउटा गीत गाएकी थिइन् जसको बोल थियो, एभ्री नाइट एन्ड डे । यो गीतमा यूलियाको आवाजलाई निकै मन पराइएको थियो ।

त्यसमाथि पछिल्ला दिनहरुमा उनले आफ्नो हिन्दी पनि निकै सुधारिसकेकी छिन् । त्यसैले पनि सलमानले आफ्नो फिल्ममा उनलाई चान्स दिनु स्वभाविक नै हो ।यद्यपि यूलियाले गाउने भनिएको गीतको विषयमा अहिलेसम्म केही खुलासा गरिएको छैन, तर यो एउटा रोमान्टिक नम्बर हुन सक्ने अनुमान गरिएको छ । यो गीतले उनलाई बलिउडमा गायिकाको रुपमा स्थापित गराउन कति मद्दत गर्छ त्यो भने समयले नै बताउनेछ ।