आफ्नै शब्द र स्वरमा अभिनय गर्दै फर्किए माग्नेबुढा (भिडियोसहित)

kedar

केही समय यता स्वास्थ्य समस्याले अभिनयबाट टाढिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनयमा फर्किएका छन् । केही दिन पहिले छक्का पञ्जा चलचित्रको प्रदर्शनीमा देखिएकाा घिमिरेको स्वर तथा शब्द रहेको ‘मन्त्रीको सालो….’ गीतको म्यूजिक भिडियोको सुटिङ धमाधम भइरहेको छ । गीतमा संगीत भने हरि लम्सालको छ ।

विल्सनविक्रम राई ‘तक्मे बुढा’ र राज मोक्तानसहितको यूरोप यात्रामा निस्कँदा माग्ने बुढाले मन्त्रीको सालो गीत कोरेका थिए । उनले यूरोपमा भएका विभिन्न कार्यक्रममा यो गीत गाएर दर्शक हँसाएका थिए ।

हेर्नुहोस् भिडियो