आफ्नै स्तनमा आगो झोसिन् यी मोडलले

विरोध गर्ने नाममा अष्ट्रेलियन मोडल इमोगेन एन्थोनीले आफ्नै स्तनलाई आगोले लगाएकी छन |इन्स्टाग्रामको नीतिअनुसार केटी मान्छेले आफ्नो ‘निप्पल’ देखाएको तस्वीर यसमा पोष्ट गर्न पाउँदैनन् । यसलाई ‘ग्राफिक कन्टेन्ट’ को दर्जामा राखिन्छ ।

aago

जबकि पुरुषलाई भने निप्पल देखाउन छुट छ । एन्थोनीले इन्स्टाग्रामको यो नियम विभेदाकारी भएको र महिलाहरुको स्वतन्त्रतामा बन्देज लगाएको भन्दै विरोध गरेकी हुन् ।लाइटरको आगो आफ्नो निप्पलमा झोसिरहेको तस्बिर उनले अघिल्लो रात इन्टाग्राममा पोष्ट गरेकी छिन् । सो तस्बिर भाइरल बनेको छ ।

एन्थोनी यसअघि फ्री द निप्पल अभियानमा सामेल थिइन् । गत वर्ष उनले इन्स्टाग्राममा एउटा नांगो सेल्फी पोष्ट गरेकी थिइन् र साथमा एउटा ब्लग पनि लेखेकी थिइन् । ब्लगमा उनले लेखेकी थिइन्, ‘म आशा गर्छु कि भविष्यमा केटीहरुको स्तन जस्तो स्वच्छ र सरल चिजलाई सार्वजनिकरुपमा प्रदर्शन गर्दा आपत्तिजनक मानिने छैन र त्यस्ता केटीहरुलाई बेश्या, भालु वा अन्य अपमानजनक शब्दले पुकारिने छैन । साथै केटीहरुको संवेदनशीलता, यौनिकता र शारीरिक सुन्दरतालाई सर्वत्र स्वीकार्यरुपमा लिइनेछ ।’