आफ्नो कार्यकालमा अर्थतन्त्रलाई बलियो बनाएको मर्केलको दावी

जर्मन चान्सलर एन्गेला मर्केलले आफ्नो सरकारले जर्मनीको आर्थिक सुधारका लागि महत्वपूर्ण उपलब्धि हाँसिल गरेको यहाँको संसद्लाई मङ्गलबार सम्बोधन गर्ने क्रममा बताउनुभएको छ ।

मर्केलले आँफू नेतृत्वमा आएपछि प्रविधिमा तीब्र परिवर्तन गर्ने बिषयमा सफलतासमेत हाँसिल गरेको पनि बताउनु भयो । मर्केलले यसै महिनाको अन्त्यतिर हुने निर्वाचनमा चौँथो कार्यकालका लागि निर्वाचन लड्ने तयारी गर्नुभएको छ ।

मर्केलको अनुदारवादी क्रिश्चियन डेमोक्रेटिक पार्टीले यही सेप्टेम्वर २४ निर्वाचनको पूर्व तयारी भइरहेको समयमा भएका मत सर्वेक्षणले बहुमत ल्याउने देखाएको छ ।

संसदमा गरेको सम्बोधनमा मर्केलले जर्मनीमा आफ्नो नेतृत्वले अर्थतन्त्रलाई बलियो बनाएको, बेरोजगार दर घटाएको र ज्यालाका लागि न्युनतम मापदण्डको निर्धारण गरेको लगायतका केही महत्वपूर्ण उपलव्धि हाँसिल गरेको बताउनुभयो ।

तर मर्केलले जर्मनी विशेष गरी डिजिटल विकास र प्रविधिको उन्नतिको स्तरमा दोबाटोमा रहेको जनाउँदै यसका लागि थप काम गर्न बाँकी रहेको बताउनुभयो ।

मर्केलले बर्लिनका ऐतिहासिक कलात्मक तथा प्रविधिजन्य सामग्रीलाई संग्राहलय बनाएर राखिएको बताउँदै आँफूले जर्मनीलाई प्रविधिको संग्राहलय बनाएर मात्र राख्न नचाएको जानकारी गराउनुभयो । जर्मनीको डिजिटल प्रविधिमा प्रवेशसँगै बाँकी विश्वको निद्रा हराम भएको पनि बताउनुभएको छ ।

आँफूलाई भविष्यका चुनौतिसँग सामना गर्ने क्षमता राख्ने हैसियत भएको दावी गर्दै यदि जर्मन जनताले उहाँलाई पुनः चान्सलर बनाएमा अनुसन्धानमुलक गतिविधिमा थप लगानी गर्ने बताउनुभयो ।

मर्केल नेतृत्वको सीडीयू बलियो : सर्वेक्षण