अमेरिका: आफ्नो देश फर्क भन्दै फेरि अर्का भारतीय माथि गोली प्रहार 

1433316562usa-shooting

अमेरिकाको सियाटलमा  एक भारतीय मुलका सिख नागरिकलाई आफ्नो देश जाउ भन्दै गोलि प्रहार भएको छ ।

भारतीय मुलका ३९ वर्षीय एक सिख व्यक्तिलाई आफ्नो देश फर्क भन्दै गोली हानीएको हो । तर, भाग्यवस ति घाइते व्यक्तिको ज्यानको खतरा भने नरहेको बताइएको छ ।

प्रहरीले आक्रमण गर्ने बन्दुकधारीलाई खोजिरहेको छ । समाचार अनुसार आक्रमण हुँदा आठबजे राति उनी ड्राइभ वेमा काम गरिरहेका थिए । एक नचिनेका व्यक्ति आएर कुनै बिषयमा उनीहरुबीच विवाद गरेका थिए । त्यसपछि गोलि प्रहार गरेका थिए ।

अमेरिकाको कन्सास राज्यमा केही हप्ता अगाडि एक भारतीय इन्जिनियरलाई आफ्नो देश फर्क भन्दै गोली प्रहार गरि हत्या गरिएको थियो ।

यस्तै केही दिन अगाडि साउथ क्यरोलिना राज्यमा एक भारतीय ब्यापारीको हत्या भएको थियो ।

अमेरीकामा एक अर्का भारतीयको गोली हानी हत्या