आफ्नो नयाँ सिनेमाबारे यसो भन्छिन् स्वेता

अभिनेत्री स्वेता खड्का अहिले नयाँ सिनेमाको तयारीमा छिन् । दर्शकले दिएको साथ र मायाका कारण नै आफू सिनेमा बनाउने सोचमा पुगेको स्वेता बताउँछिन् । हालै मात्र कुराकानी गर्दै उनले सिनेमाको लागि हार्ड वर्क गर्नु पर्ने भएकाले नै समय लागेको बताईन् ।

sweta

उनले अबको सिनेमामा दयाहाङ राईसँग पर्दा बाँड्दै छिन् । दयाहाङ राईसँग काम गर्न लागेको प्रसंगमा उनले आफूहरुको जोडीलाई कथाले मागेको बताईन् । सिनेमामा दयासँग पर्दा बाँड्न लागेकी स्वेताले उनको खुलेर तारिफ पनि गरिन् ।

स्वेताको नजरमा दया भर्साटाईल र क्यारेक्टरमा डुबेर एकदमै राम्रो अभिनय गर्ने अभिनेता हुन् । सिनेमालाई राम्रो बनाउनको लागि हार्ड वर्क गरिरहेकी स्वेता कामको थालनी गर्न भने कुनै शुभ साईतको पर्खाइमा छिन् । स्वेताको अबको सिनेमा सामाजिक प्रेमकथा र कमेडिमा आधारित हुनेछ ।