आफ्नो पालाका कार्यक्रमलाई आफ्नै भन्दै डंका पिट्ने काम भएको देउवाको आरोप

कांग्रेस सभापति देउवा
पूर्व प्रधानमन्त्री तथा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले आफू नेतृत्वको सरकारले ल्याएका कार्यक्रमलाई आफ्नो भन्दै हल्ला गरेको आरोप लगाउनुभएको छ ।

सामाजिक सुरक्षा ऐनदेखि स्याटेलाइटसम्मका कार्यक्रम आफ्नो सरकारको योजना रहेको भन्दै उहाँले आइतबार संसदमा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सरकारले रोजगारीको नारा लगाए पनि एउटा रोजगारी नबढेको बताउनुभयो ।

सभापति देउवाले सरकारको नीति तथा कार्यक्रममा बकफूसे र उडन्ते कार्यक्रमहरु राखिएको टिप्पणी गर्दै लहडमा कार्यक्रमहरु प्रस्ताव गरिएको रआफ्नो सरकारको पालामा सुरु भएका कार्यक्रमहरुको जस लिन खोजेको आरोप लगाउनुभयो ।

न्यानो स्याटलाइट आफ्नो पालामा सुरु भएको कार्यक्रम भएको भन्दै उहाँले भन्नुभयो यो सरकारले आफैंले अन्तरिक्षमा पठाएको जस्तो बकम्फूसे दाबी गरेको छ ।’

नीति तथा कार्यक्रममाथि सुझाव दिंदै सभापति देउवाले भारत र चीन जोड्ने रेल रणनीतिक महत्वको भएको भन्दै यो अनुदानमा मात्र बन्नुपर्ने बताउनुभयो । भारतमा प्रस्तावित एउटा जलमार्गका लागि १११ करोड लाग्ने भए पनि सरकारले पानी जहाज आइसके झै गरेर पानी जहाज कार्यालय खोलेको समेत बताउनुभयो ।

त्यस्तै उहाँले राणाको पालादेखि नै चलेको स्टिमरलाई नयाँ आविस्कारका रुपमा प्रचार गरेको उनको आरोप छ । उनले वर्तमान सरकारसँग पूँजी कसरी बृद्धि गर्ने भन्ने ज्ञान र सिप नै नभएको दाबी समेत गर्नुभयो ।

नेपाली कांग्रेसलाई बचाउने हो भने नयाँ पुस्ता अघि सर्नैपर्छ