आफ्नो प्रेमिकासँग घुँडा टेकेर झुक्दै प्रस्ताव गरे कप्तान स्मिथले

अष्ट्रेलियाली क्रिकेट टिमका कप्तान स्टीभ स्मिथले आफ्नी प्रेमिका डेनी विलीससँग मंगनी गरेका छन् । कानुनकी विधार्थी रहेकी डेनी र स्मिथ लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

स्मिथले आफनो जीवनसँग जोडिएको ठूलो खुशी आफना फ्यान्सका साथ बाँड्नका लागी भन्दै विलीससँग खिचाएको एक तस्बीर पनि ट्वीटरमा शेयर गरेका छन् । तस्विरमा वलीसले आफनो औँलामा इन्गेजमेन्ट रिङ पहिरिएकी छिन् ।

अष्ट्रेलियाको वान डे र टेष्ट टिमको जिम्मेवारी सम्हालीरहेका स्मिथले ट्वीटरमा ट्वीट गर्दै लेखेका छन्, ‘आज म आफनो घुँडामा झुकेर प्रस्ताव गरे । डेनीले त्यसलाई स्वीकार गरिन् ।’

२८ वर्षीय स्मिथले न्युयोर्कमा विलीससँग मगनी गरेका हुन् । स्मिथ र विलीसको भेट २०११–२०१२ बिग व्यास लीगको पहिलो सिजनको दौरान भएको थियो र ५ वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा थिए ।