आफ्नो फोटो शेयर गरेको भन्दै किशोरीले हालिन् आफ्नै आमा बाबुविरुद्ध मुद्दा

अस्ट्रियामा एक किशोरीले आफ्नो बाल्यकालको फोटो फेसबुकमा शेयर गरेको भन्दै बाबुआमा विरुद्ध मुद्दा हालेकी छिन् । १८ वषर्ीय ती किशोरीले सन् २००९ मा खिचेको उनको फोटो उनका बाबुआमाले सोध्दै नसोधी फेसबुकमा पोस्ट गरेको भन्दै मुद्दा हालेकी हुन् ।

facebook-option

ती तस्वीरमध्ये कतिपय आफ्ना निकै निजी तथा गोप्य खालका तस्वीर पनि रहेको र त्यस्ता तस्वीर सार्वजनिक हुँदा आफुले साथीहरुबाट निकै असहज व्यवहारको सामना गर्नुपरेको उनको दाबी छ ।

आफ्ना ती फोटोहरु फेसबुकबाट हटाउन आफुले कैयौँपटक बुवाआमालाई अनुरोध गर्दापनि नमानेको किशोरीको दाबी छ ।पटक पटक आग्रह गर्दा पनि आफ्ना निजी तस्वीरहरु बुवाआमाले फेसबुकबाट नहटाइदिएपछि उनले बाध्य भएर मुद्दा हालेको किशोरीका वकिल माइकल रमीले बताएका छन् । किशोरीले आफ्ना बुवाआमा विरुद्धको मुद्दा जित्ने विश्वास उनको छ ।

हटाउने भनेको भियतनाम युद्धको तस्विर फेसबुकले पुन: राख्न दिने