आफ्नो शरीरमा आफ्नो हक हुन्छ – श्रुति हसन

नाकको सर्जरी गरेको कुरा सामाजिक सञ्जालमा भाईरल भएपछि अभिनेत्री श्रुती हसनले यस बारेमा मुख खोलेकी छिन ।

एजेन्सीसँग कुराकानी गर्दै श्रुतीले यो कुरालाई स्वीकारेकी पनि छैनन् र नकारेकी पनि छैनन् । उनले आफ्नो अनुहार र आफ्नो शरीरमा जे गरेपनि आफ्नो हक हुने र यसमा अरुले चासो दिन आवश्यक नभएको अभिव्यक्ति दिएकी छिन् ।

त्यस्तै तौल बढाएका कारण श्रुती सामाजिक सञ्जालमा ट्रोल पनि भएकी थिईन् । यस विषयमा बोल्दै उनले भनेकी छिन्, ‘मैलै सिनेमा ‘बेहेन होगी तेरी’को लागि तौल बढाएको हो । राम्रो देखिनु हाम्रो काम हो । सिनेमाको कथा अनुसार तौल घटाउनु बढाउनु पर्छ ।’