आफ्नो सम्पति चोरी गर्नेलाई जितु नेपालले दिए यस्तो चेतावनी

हाँस्य कलाकार जितु नेपालले आफ्नो सामाजिक सञ्जाल मार्फत बिना अनुमति आफ्नो सामग्री नराख्न मिडियाहरुलाई अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफुले विभिन्न ठाँउमा गरिएको कार्यक्रमको भिडियो बिना अनुमति अन्य मिडियाहरुले यूटुयुब च्यानलमा राखेको प्रति आक्रोश पोखेका छन् । जितुले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो अनुमति बेगर,विभिन्न ठाँउमा प्रस्तुत गरिएको कार्यक्रममाको भिडियो यूट्युबमा नराख्न फेरि पनि मिडियाहरुलाई अनुरोध गरेका छन् ।

jitu-nepal

पटक—पटक अनुरोध गराउँदा पनि यूट्युब च्यानल सञ्चालकहरुले नमानेको खण्डमा प्रहरी समक्ष पुग्ने पनि बताएका छन् । विभिन्न स्टेजमा गरेको कार्यक्रम जस्ताको त्यस्तै ४० देखि ५० मिनेट सम्मको सामग्री आफ्नो अनुमतिबिना यूटुयुबमा राखेको प्रति दुख व्यक्त गरेका छन् । व्यक्तिको अनुमति विपरित सामाजिक च्यानलमा राखेर पैसा कमाउने काम गैर कानुनी हो ।

उनले फेसबुकमा लेखेका छन् –बिना अनुमति अरुको सिर्जना चोरेर पैसा कमाउने चोर ज्यूहरु तपाईहरुका भिवर्स अब देखाउँछु म । अब त अती नै भयो’। सामाजिक सञ्जालमार्फत अनुरोध गर्दा पनि सामग्री चोरेर राख्ने कामबन्द नभएको अवस्थामा सम्बन्धित यूट्युब च्यानलको नाममा कपिराईटको उजुरी दिने पनि उनले बताएका छन् । यस्तै आफ्नो अनुमति बिना राखिएको यूट्युब सामग्री नहटाएमा उजुरी परेपछिको अवस्थाको सामाना भने यूटुयुब च्यानल सञ्चालक आफै जिम्मा लिनुपर्ने पनि उल्लेख गरेका छन् ।

jitu-nepal2