आफ्नो सरकारले अमेरिकालाई पूर्ण समर्थन गर्ने : प्रधानमन्त्री आबे

जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाको क्षेप्यास्त्र तथा आणविक हतियार सम्बन्धमा दवाब दिन सम्पूर्ण विकल्पहरु तयार रहेको अवस्थामा अमेरिकालाई आफ्नो सरकारको पूर्ण समर्थन हुने जनाउनुभएको छ ।

जापान , चीन , रुस , अमेरिका र दक्षिण कोरिया सम्मिलित ६ राष्ट्रको बैठकमा आफ्नो आणविक प्रविधि विकास नगर्ने प्रतिबद्धता विगतमा गरेपनि उत्तरले यसको उल्लंघन गर्दै आएकाले उसलाई विश्वास गर्न नसकिने समेत आबेले बताउनुभएको छ । उनीहरुले आणविक हतियार विकास गर्न लाग्ने समयको लागि यस्तो प्रतिवद्धता गरेको आबेले बताउनुभएको छ । यसको फलस्वरुप उनीहरुको आणविक गतिविधि यहाँसम्म पुगेको र अब उनीहरुबाट धोका खान नहुने समेत उनले जनाएका छन् ।

आबेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तर कोरियाबारेको ट्विटको बारेमा भने खासै टिप्पणी गर्नुभएन । ट्रम्पले २५ वर्ष लामो वार्ता विफल भएको र अमेरिकी वार्ताटालीलाई मुर्ख बनाएको भन्दै अब एउटामात्र विकल्प बाँकी रहेको बताउनुभएको थियो ।

आबेले आफ्नो सरकारले अमेरिकालाई पूर्ण समर्थन गर्ने भनेको सन्दर्भमा अक्टोबर २२ मा हुने जापानी संसदीय चुनावमा उत्तर कोरिया प्रमुख चासोको विषय हुने भएको छ ।

शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेताको निर्देशन