आबेले चुनाव जित्न आणविक धम्कीको प्रयोग गरेको उत्तर कोरियाको आरोप

गत साता सम्पन्न प्रतिनिधि सभाको चुनाव जित्न जापानको सत्तारुढ दलले प्योङयाङको आणविक चुनौतिको प्रयोग गरेको उत्तर कोरियाले शनिबार अरोप लगाएको छ ।

आउँदो महिना हुने अमेरिकी राष्ट्रपतिको जापान भ्रमणमा उत्तर कोरियामाथी थप दबाब बढाउन अनुरोध गर्ने योजना बनाएको भन्दै उत्तरको कोरिया – एशिया – प्रशान्त शान्ति समितिले जापानका प्रधानमन्त्री शिन्जो आबेको आलोचना समेत गरेको छ ।

उत्तरको औपचारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीको वक्तव्यमा अक्टोबर २२ को चुनावको प्रचारप्रसार सुरुवात अघि आबेको लिबरल डेमोक्रेटिक पार्टीले उत्तर कोरियाको आणविक चुनौति र जापानी नागरिकरुको अपहरणको आवाज निकै उठाएको समितिले दाबी गरेको छ ।

उत्तर कोरियालाई जस दिएका जापानी उपप्रधानमन्त्रीले आफ्नो भनाइ सच्याए