आबेले ट्रम्पसंग अपहरित नागरिकको विषय उठाउन आग्रह गरेका थिए

ट्रंप आवे

जापानी प्रधानमन्त्री शिन्जो आबेले बताए अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ्ग उनसंग उत्तरद्वारा अपहरित जापानिज नागरिकको विषयमा कुरा गर्ने आश्वासन दिएका थिए ।

आबेले ट्रम्पसंग सोमबार क्यानाडाको जी७ शिखर वार्ता सकिएपछि यस विषयमा फोनमा कुराकानी गरेका थिए । आबेले रिपोर्टरहरुलाई अमेरिकी राष्ट्रपतिले उत्तर कोरियासंगको शिखर वार्ता हुनु अघिको नवीनतम स्थिति संक्षिप्तमा बताएको जानकारी दिएका थिए ।

आबेले उनीहरु दुईले आफ्नो नीतिहरु नजिकबाट समन्वय गरेको पनि बताए ।आबेले जापान, अमेरिका र दक्षिण कोरियाले आधारभूत नीति साझेदारी गरेको बताए र यस बैठक ऐतिहासिक र उत्तरपश्चिम एशियामा शान्ति र स्थिरताको लागि प्रमुख कदम रहेको पनि बताएका थिए ।